23.1 C
Kathmandu
Sunday, May 26, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

ललिता निवास प्रकरणमा माधव नेपाललाई फसाउन खोजियो ः मन्त्री ज्वाला

सम्बन्धित खबर

काठमाडौं,८ भाद्र । नेकपा एकीकृत समाजवादीका नेता तथा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले ललिता निवास जग्गा प्रकरणमा माधव नेपाललाई फसाउन खोजेको आरोप लगाएका छन् ।

शुक्रबार पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै उनले अदालतले दोषी देखाएपनि जनताले नपत्याउने बताए ।

उनले भने ‘ललिता निवास जग्गा प्रकरणमा हाम्रो पार्टीका अध्यक्षलाई फसाउन खोजियो । माधव नेपालले भ्रष्टाचार ग¥यो भनेर यो दुनियाँमा कसैले पत्याउछ । ? सायद समकालीन नेताहरुमा सबैभन्दा स्वच्छ छविको नेता हुनुहुन्छ । कमी होलान् तर, भ्रष्टाचारको सवालमा राष्ट्रको ढुकुटीमाथि कोल्टे नजर लगाउने हिसाबले कसैले माधव नेपाललाई प्रश्न उठाउन सक्दैन । त्यसका विरुद्धमा छौं हामी । त्यसलाई जनताले पत्याउदैनन् । कसैले आरोप लगाउँदैमा प्रमाणित हुँदैन । यो षड्यन्त्रको कडी हो ।’

मन्त्री ज्वालाले अदालतको षडयन्त्र पनि चकनाचुर पार्ने र सबैभन्दा क्लिन नेताहरु नेकपा एसमै भएको बताएका छन् ।
पार्टीलाई कमजोर नवनाई उच्च मनोबलको साथ अगाडि बढ्नु पर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष