spot_img
13.1 C
Kathmandu
Thursday, January 23, 2025
spot_imgspot_imgspot_imgspot_img

नेकपा एसको १० औं राष्ट्रिय महाधिवेशन माघ १४ गतेदेखी १८ गतेसम्म

spot_img

-

काठमाडौं,७ भाद्र । नेकपा एकीकृत समाजवादी पार्टीले, आगामि माघ १४ गतेदेखी १८ गतेसम्म पार्टीको १० औं राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।
बिहीबार पार्टीको छौंटौं बैठक सम्पन्न गरेसँगै प्रवक्ता जगननाथ खतिवडाले आगामि माघ १४ गतेदेखि १८ गतेसम्म पार्टीको १० औं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।
उनले भने, ‘आगामि माग १४ गतेदेखि १८ गतेसम्म पार्टीको १० औं राष्ट्रिय महादिवेशन आयोजना गर्ने निर्णय बैठकले गरेको छ।’
त्यस्तै बैठकले असोजमा एक महिना एकीकृत समाजवादीका मुद्दाहरु राष्ट्रलाई सुनाउँने उद्देश्यकासाथ मूलुकको रुपान्तरकारी योजना मेची महाकाली राष्ट्रिय योजना संचालन गर्ने पनि निर्णय गरेको उनले बताए ।
साथैं पार्टीलाई मूलुकको नेतृत्वकारी कम्यूनिष्ट पार्टी बनाउँन देशभरी पार्टीको विस्तार गरी ८३ सालको स्थानीय तहको निर्वाचनमा लड्ने र बहुसंख्यक तालिकाहरुमा बहुमत ल्याउन सक्ने गरी पार्टीको निर्माण गर्ने पनि बैठकले निर्णय गरेको छ ।
बैठकले, अध्यक्ष माधव नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग