काठमाडौं, २९ साउन । नव नियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहले सुशासनको बाटोमा गम्भीरतापूर्वक उभिनुको विकल्प नभएको बताएकी छिन् ।
आज मन्त्रालयमा भएको स्वागत तथा विदाई कार्यक्रममा उनले निवर्तमान मन्त्रीले गरेका कतिपय राम्रो कामलाई निरन्तरता दिदैँ सुशासन कायम गर्न गम्भीरतापूर्वक उभिने बताइन् ।
नागरिकलाई सहज र सबल रुपमा सेवा प्रवाह गर्ने तर्फ लाग्न उनले कर्मचारीलाई आग्रह गरिन् ।
उनले भनिन्, ‘संघीयतालाई कायम राख्दै सुशासन, सेवा प्रवाह गर्नको लागि हामी लाग्नु पर्छ । निवर्तमान मन्त्रीले गर्नुभएको कतिपय राम्रो कामलाई निरन्तरता दिनुपर्ने हुन्छ । आज नागरिकलाई सहज र सुलव रुपमा सेवा कसरी प्रवाह गर्न सक्छौ त्यसको लागि काम गर्नुपर्छ । ’