Saturday, September 23, 2023
21 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img

एमाले अध्यक्ष ओलीको प्रश्न ः माओवादी युद्द कस्कोविरुद्ध थियो ?

भर्खरै

काठमाडौं, २७ साउन ।   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी हिंसा र युद्द कस्को लागि लडिएको थियो भन्दै प्रश्न गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित समृद्ध नेपाल सुखी नेपाली ः देश विकासको मार्ग चित्र विषयक अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष ओलीले माओवादी युद्द कस्को विरुद्ध लडिएको थियो भन्ने प्रश्न पनि गरेका छन् ।

उनले भने ‘ माओवादी हिंसा द्धन्द्ध युद्ध जनयुद्ध लडिएका कस्को लागि थियो ? कस्को विरुद्ध ? पिरोलिएको थियो । त्यसबिचमा मारिए को ? पोलिटिकल पार्टीका कार्यकर्ता ,मारिए को ? समाजका प्रतिष्ठित बुद्धिजीवीहरु मारिए, समाजलाई बाटो देखाउने बत्तिहरु मारिए ,गुरु लुईटेलहरु मारिए ,लमजुङका मुक्ति अधिकारीहरु मारिए । ’

अध्यक्ष ओलीले माओवादी सशस्त्र युद्दमा जो समाजका आड भरोसा थिए, जो समाजका अभिभावक जस्ता थिए त्यस्ता व्यक्तिहरु छानी छानी खोजी खोजी मारिएको बताए । उनले युद्ध भएको भए युद्धको नियम पालना हुने चर्चा गर्दै माओवादी सशस्त्र युद्द हिंसा मात्र भएको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष