Saturday, September 23, 2023
21 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img

पेट पाल्नकै लागि युवाहरु विदेशिनु राज्यको लागि लाजमर्दो पक्ष ः अध्यक्ष लिङदेन

भर्खरै

काठमाडौं, २७ साउन ।   राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले परिवार र पेट पाल्न कै लागि युवाहरु विदेशिनु भनेको राज्यको लागि लाजमर्दो कुरा भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित बृहत रक्तदान, चियापान एवं अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष लिङदेनले देश भित्र उद्योग धन्दाहरु स्थापना गरेर रोजगारीको सिर्जना गर्नु पर्ने बताए ।

उनले भने ‘ देश भित्र उद्योग धन्दाहरुको स्थापान गरेर रोजगारीको सिर्जना गर्न सकियोस केवल परिवार पाल्नको लागि, पेट पाल्नको लागि विदेश जानु पर्ने दुःखदपूर्ण नियतिको अन्त्य होस । ’उनले देशका युवाहरु परिवार पाल्नकै लागि बाहिरिनु भनेको दुःखदायी र लाजमर्दो कुरा भएको बताए ।

अध्यक्ष लिङदेनले वास्तविकरुपमा परिवर्तन चाहने सशक्त युवाहरुलाई पार्टीमा आउन आव्हान पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष