पूजा पाठगर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय बनस्थलीमा सर्‍यो

Categories:

-

काठमाडौं , ६ असार । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले भोलिदेखि केन्द्रीय कार्यालय स्थानान्तरण गर्न लागेको छ । बसुन्धारामा रहेको पार्टी भवन साँघुरो भएको जनाउँदै भोलिदेखि बालाजु बनस्थलीको छ तले भवनमा पार्टी अफिस सार्न लागिएको हाे ।

असार ७ गते पार्टी स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा भवन स्थानान्तरण गर्न लागिएको हो । सोही अवसरमा भोलि दिउँसो १ बजेदेखि ५ बजेसम्म चियापान कार्यक्रम राखिएको छ ।

नयाँ भवनको आँगनमा लामिछानेले असार ६ गते पूजापाठ गरेका छन् । पूजामा पार्टीका अन्य नेताहरुसमेत सहभागी भएका हुन् । नयाँ भवन पार्टी नेता डा. भरत देवकोटाको भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य