बूढानीलकण्ठ वृत्ति मार्गनिर्देशन तथा रोजगार मेलाले अपेक्षा अनुरूप सफलता पाएन सुधारको खाँचो   

Categories:

-

काठमाडौं, ८ जेठ। बुढानिलकण्ठ नगरपालिकाले स्थानीय समुदायलाई व्यावसायिक मार्गदर्शन र रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले भर्खरै बहुप्रतिक्षित करियर काउन्सिलिङ तथा रोजगार मेला आयोजना गरेको छ । यद्यपि, मेला अपेक्षा अनुरूप सफलता भने पाउन सकेन भविष्यमा यस्ता कार्यक्रम आयोजना गर्दा महत्त्वपूर्ण सुधार गर्नु पर्ने भने देखिएको छ ।

नगरपालिकाको प्रशासनिक भवनमा   जेठ ६ देखि ७ सम्म दुईदिन  चलेको मेलामा विभिन्न क्षेत्रका ४१ स्टल रहेका थिए । मेलामा १५  हजार मानिसले अवलोकन गरेको र मेलामा उपस्थित विभिन्न रोजगारदाता र तालिम प्रदायक संस्था तथा कम्पनीहरुले ४५ जनालाई रोजगारीको अवसर प्रदान गरेको तीमध्ये बाट बायोडाटा र अन्तरवार्ताको आधारमा  २१ जनाले रोजगारी पाएको नगरपालिकाले दावी गरे पनि रातोसुर्यले गरेको सर्वेक्षणले अर्कै दृष्टिकोण देखाएको छ ।

 

सर्वेक्षण अनुसार ४१  वटा स्टलमा दर्शकको संख्या निराशाजनक रुपमा न्यून रहेको छ । उदाहरणका लागि, एसोसिएसन अफ प्रि-स्कूल एजुकेटर्स नेपालको स्टलमा भिजिट पुस्तिका हेर्दा  ३२ जनाले भिजिट गरेको डेटा  दिपक आचार्यले देखाए भने नेपाल बैंक लिमिटेडको स्टलमा ३० जना मानिसले ऋणको जानकारी मागेको र ५ ओटा नयाँ खाता खोल्लन व्यक्तिहरूले  फाराम लिएर गएको भक्तराज  जैसीले जानकारी दिए  ।

प्रदर्शकहरू मध्ये, ट्रेड लिङ्क प्राविधिक प्रशिक्षण, जसले निर्माण र इलेक्ट्रिक मेकानिक्स प्रशिक्षण प्रदान गर्दछ, यहाँ जानकारी खोज्न ७० जना  आगन्तुकहरूलाई आकर्षित गर्न सफल भएको दीपेस प्याकुरेलले हामीलाई बताए । यस्तै सुरक्षा निकायमा जागिर खानको लागि तालिम देनि संस्था बनेर आफूलाई परिचित गराउने संस्था डीसीएएन  संस्थाको स्टल भिजिटरको अधिकारी संख्या ६८ जना रहेको कविता साहाले देखाइन ।

अन्य स्टलहरू नेपाल सरकार उद्योग तथा आपूर्ति मन्त्रालयले सञ्चालन गरेको गरिबी निवारणका लागि लघु उद्योग विकास कार्यकम ( मेडपा) को स्टल भिजिटर संख्या २५   जना रहेको सरस्वती लुहरले बताइन्  ।  नगरपालिकाले दावी गरेको १० जना विद्यार्थीलाई निःशुल्क इन्जिनियर बढाउने भनेको बालाजु स्कुल अफ इन्जिनियरिङमा  कुनै सिट खालि  नरहेको र आफूहरूले स्टल भिजिट गर्नेहरूको  संख्या समेत नराखेको कुमार मिजारले बताए ।

सम्भावित कर्मचारीलाई आकर्षित गर्ने लक्ष्य राखिएको करियर लिफ एण्ड बेकरीको स्टलले २ तिन जना सोखले बेकरी बनाउने बारे सिक्न्न इच्छा देखिएपनि रोजगारीका लागि सम्पर्क गर्छु भन्नेहरू न भेटिएको विनोद थापा मगरले बताए ।

मेलाले विभिन्न कोणबाट आलोचनाको सामना गर्यो। बूढानीलकण्ठ नगरपालिका वडा नम्बर २ को स्टलमा बसेकी जर्मिना अधिकारीले महिलाहरु द्वारा  सञ्चालित नमुना बेकरीमा १० जना पुगे पनि रोजगारीको प्रस्ताव नआएको बताइन् । सेवा प्रवर्द्धन गर्ने उद्देश्यले मात्रै रहेको  स्टल ह्याम्स हस्पिटल, खाली सिसि  डटकमको स्टलहरुमा  आगन्तुक पुस्तिकानै थिएन ।

मेलाको कमजोर व्यवस्थापन  व्यवसायिक स्टलहरूको भोगेका थिए । बूढानीलकण्ठ नगरपालिका वडा नं ७ की छोरी समुहबाट प्रतिनिधित्व गर्दै आएकी अमृता थापाले कपडा, भाडा  धुने  केमिकल दुई दिन स्टल चलाउँदा पनि जम्मा  २५ सय रुपैयाँको व्यापार भएकोमा खिन्नता देखाइन भने  कामको जानकारी लिन कसैले सम्पर्क नगरेको बताइन् ।

यस्तै वर्ल्डलिङ्क टेक्निकलले भिजिटरहरू दश कक्षा अध्ययनरत विद्यार्थी आएको हुँदा उनीहरु आफ्नो टार्गेट लिस्टमा नपर्ने भएकाले आधिकारिक  भिजिटर संख्या नराखेको  महेन्द्र पौडेलले  बताए ।

नगरपालिकाको  वार्षिक बजेट प्रयोग गर्ने र विभिन्न सीप सिकेको दावीगर्ने   कपन संयुक्त महिला समुहको स्टलमा विभिन्न कम्पनीले तयार परेको १५ वटा अचारको डब्बा  र केही लुम्रो पोते भन्दा भेटिएन उक्त स्टलमा पनि आफ्नो स्टल भिजिट गर्ने भिजिटरहरुको संख्या रेकड गरेको थिएन । यस्तै बूढानीलकण्ठ  ढाका कपडा उद्योगको स्टलमा राखिएको कपडा बिक्री नभएपनि  ४ जनाले सीप सिक्ने इच्छा व्यक्त गर्दै फारम भरेको सुमित्रा पौडेलले बताइन ।

नगर स्वास्थ्य शाखाले सञ्चालन  गरेको स्टलमा पंक्तिकार सहित  १ सय १८ जनाको रक्त चाप जाँच गरिएको  रेकड प्राप्त भयो ।

यसै गरि नगरपालिका भित्रको पर्यटकीयस्थल पर्यटन व्यवसाय र त्यसको अवसरको जानकारी दिलाउन राखिएको  बूढानीलकण्ठ पर्यटन बोर्डको स्टल भने सुनसान थियो तर त्यहीँ भेटिएका बूढानीलकण्ठ पर्यटन बोर्डका अध्यक्ष अर्जुन पाण्डेलाई स्टल भिजिटरको संख्या सोध्दा उनले झारा तिर्दै लेखिदिनुस् ४ हजार जति  आएका थिए  भन्न भ्याए । पङ्क्तिकारले ४ हजार जनालाई तपाइले कुन विधि  द्वारा जानकारी प्रदान गर्नु भयो भने पछि  उनि नाजवाफ  भएका थि । पछि प्रश्नकै क्रममा उनले आफूहरूले छापेको प्रचार सामग्री ६ गतेनै सकिएको र ७ गते आफूहरूले खासै जानकारी दिन नसेको बताए भने आफ्नो स्टल भिजिट गर्नेहरूको संख्या समेत नराखेको प्रस्ट पारे । निजी क्षेत्रबाट पर्यटन प्रबर्द्धन अवसर तथा जानकारी प्रधान गर्न  आएको होटल पवेराको पनि स्टल भिजिट रेकड छैन ।

हामीले मेला अवोलोकन गरि फर्किएका  २ सरकारी ५ निजि  विद्यालयका २५  विद्यार्थीहरुलाई  उनीहरुको सिकाइ अनुभव बारे प्रश्न सोद्द्दा मिस्रित  जवाफ  दिएका थिए साना कक्षामा अध्यनगरेका विद्यार्थीहरुले नयाँ कुरा देखोको र ९ र १० कक्षामा अध्यनगरेका अधिकाम्सा विद्यार्थीहरुले  काउन्सिलिङ कक्षाहरू प्रति निराशा व्यक्त गरे, जुन उनीहरूले विद्यालयमा सिकेका कुराहरू दोहोरिएको  र मिल्दोजुल्दो पाए।

 

विद्यार्थीलिएर आएका धेरै शिक्षकहरुले नाम नलेखिदिने सर्तमा  मेलामा अन्तरक्रियात्मक र शैक्षिक तत्त्वहरू नभएको भन्दै आलोचना पनि गरे।

नगरपालिका शिक्षा समितिले भिजिटर संख्या कम हुने देखेपछि नगरपालिका भित्रका विद्यालयका विद्यार्थीहरूलाई कार्यक्रम स्थलमा  परेडखेलाउन  उर्दी जारि गरेपछि बाध्यता बस उपस्थित विद्यालयका विद्यार्थीहरूको सहभागिताले पनि अपेक्षित उत्साह जगाउन सकेन । यसले युवा सहभागीहरूलाई प्रभावकारी रूपमा संलग्न गर्न र मोहित गर्न नवीन दृष्टिकोणहरूको आवश्यकतालाई उजागर गरेको छ ।

त्यसैगरी कक्षा ७ देखि १० सम्मका अधिकांश विद्यार्थी रहेकाले व्यापारिक स्टलमा व्यवसाय नरहेको गुनासो गरेका छन् । यसले राम्रो सञ्चार र समन्वयको आवश्यकतालाई जोड दिँदै मेलामा लक्षित दर्शकहरू र सहभागी व्यवसायहरू बीचको तालमेल हुन् नसकेको देखिन्थ्यो ।

 

यी चुनौतीका बाबजुद बूढानीलकण्ठ नगरपालिकाले पहिलो पटक आयोजना गरेको  मेलामा भएको  कमजोरीहरू स्वीकार गर्दै आगामी कार्यक्रमहरूमा सुधार गर्ने वाचा गर्दै यो कर्यकमलाई  सिकाइ अनुभवका रूपमा लिनसके राम्रो हुने  छ ।यसले विभिन्न क्यारियर रुचि र सीपहरू पूरा गर्न विभिन्न प्रकारका रोजगार दाताहरूलाई आकर्षित गर्ने महत्त्वलाई भने  पहिचान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य