विष्णु रिमालले ‘बौलाहा’ भनेपछि हर्क साम्पाङको जवाफ, ‘गुइँठे’

Categories:

-

काठमाडौं, ७ जेठ ।धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा एमालेका उपमहासचिव विष्णु रिमाललाई ‘गुइँठे’ को संज्ञा दिएका छन् ।

हिजो एक कार्यक्रममा रिमालले आफूलाई ‘बौलाहा टाइपको मेयर’ भनेपछि त्यसको जवाफमा हर्कले गुइँठेले के भने भन्ने कुराको प्रतिवाद नगर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘विष्णु रिमाल कि खोइ के भन्ने गुइँठेले के भने भन्ने कुराको प्रतिवाद गर्दिन म । मेरा समर्थक र शुभचिन्तक सार्वभौम नेपाली जनतालाई छोड्दिन्छु ।’
एमाले अध्यक्ष केपी ओलीका विश्वासपात्र रिमाले हिजो पार्टीको प्रशिक्षण कार्यक्रममा पछिल्लो समय उदाएका तीन जना युवा नेताहरुको टिप्पणी गरेका थिए । त्यसमा उनले मेयर हर्कलाई बौलाहा भनेका थिए ।

रिमालले सामाजिक सञ्जाल फेसबुकमा अत्याधिक लाइक आउने सन्दर्भमा धरानमा मेयर हर्कसहित काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम लिएका थिए ।

धरानका ‘बौलाहा टाइपका मेयर’को सामाजिक सञ्जालमा हजारौं लाइक आएको तर आफ्नो पार्टीका अध्यक्षको लाइक कम आएको भन्दै उनले कार्यकतासमक्ष असन्तुष्टीसमेत पोखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य