अखिल नेपाल महिला संघ समाजवादी धादिङको अध्यक्षमा सापकोटा चयन

Categories:

-

धादिङ,१७ चैत । अखिल नेपाल महिला संघ समाजवादी  धादिङको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । भेलाले भवानी सापकोटाको अध्यक्षतामा ११७ सदस्यीय कार्य समिति चयन भएको छ । समितिको उपाध्यक्षमा उर्मिला श्रेष्ठ र जुना मगर सचिवमा भगवती तिवारी अर्याल सहसचिवमा धनमाया तामाङ कोषाध्यक्षमा मुना भट्ट र कार्यालय सचिवमा गंगा सिलवाल चयन भएका छन ।

लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको बिस्तार भन्ने नाराका साथ सम्पन्न डा. सीता ढुँगानाको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन सत्रको प्रमुख अतिथि पार्टीका स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश अध्यक्ष तथा अनेमसंघकी उपाध्यक्ष सावित्रा भुसाल र अतिथिहरूमा पार्टीका पोलिटब्युरो सदस्य कृष्ण अर्याल गुरु बुर्लाकोटी केन्द्रिय सदस्य इन्दिरा ढुँगाना र माया देवि शर्मा पार्टीका कार्यबाहक जिल्ला अध्यक्ष नारायण कार्की लगायत नेताहरू थिए  ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य