नेपाल आयल निगमले ८० हजार लिटर डिजेलमा मट्टितेल मिसाएको फेला पार्यो

Categories:

-

काठमाडौँ, २३ फागुन । नेपाल आयल निगमले भर्खरै चार ट्याङ्करमा अन्दाजी  ८० हजार लिटर डिजेलमा मट्टितेल मिसावट भएको जनाएको छ । फागुन १३ गते भारतको सिलगढीबाट झापाको चारआली डिपोमा ल्याइएका ट्याङ्करहरुमा डिजेलमा मट्टितेल मिसाइएको आशंकामा कारबाही एवम् छानबिन प्रक्रिया सुरुगरेको थियो ।

घटनाको छानबिन गर्न ३ सदस्यीय समिति गठन गरी डिजेलमा मट्टीतेल मिसाइएको पुष्टि भएको थियो । निगमले घटनामा संलग्न ट्याङ्कर चालक र यातायात व्यवसायीलाई कारबाही गर्ने तयारी गरेको छ ।

नवदुर्गा आयल स्टोर्सको नाममा रहेको मे १ ख २१४९, माता पाथीभरा आयल स्टोर्सको नाममा रहेको मे १ ख २१५१, उत्तरगंगा यातायात प्रालिको नाममा रहेको ना ७ ख १५०७ र रिजाल आयल सप्लायर्स एन्ड ट्रेडर्सको नाममा रहेको ना ७ ख ६९७४ नम्बरको ट्यांकरमा आएको कुल ८० हजार लिटर डिजलमा मिसावट भेटिएको थियो।

निगम स्रोतका अनुसार झापाबाट काठमाडौंको केन्द्रीय प्रयोगशालामा परीक्षणका लागि ल्याइएको डिजेलको नमूनामा मट्टितेल मिसावट भएको पाइएको हो । प्रयोगशालाले आइतबार निगममा मिसावट भएको पुष्टि गर्दै प्रतिवेदन बुझाएको थियो ।

निगमले ट्यांकर चालक र ढुवानी गर्नेलाई कारबाही गर्ने तयारी गरेको जनाएको छ । डिजेलमा कति मट्टीतेल  मिसावट थियो भन्ने यकिन नभएको र थप परीक्षणका लागि नमूना भारत पठाउने तयारी भइरहेको छ ।

नियामक निकाय सक्रिय नुहुँदा नेपालमा इन्धन मिसावट एक सामान्य प्रचलन जस्तै भएको छ , जसले वातावरण र जनस्वास्थ्यमा गम्भीर असर पुर्‍याउँछ। यसले सवारी साधनको दक्षता घटाउँछ, इन्जिनमा क्षति पुर्याउँछ र वायु प्रदूषण बढाउँछ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य