होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा दामोदर नेपाल सर्वसम्मत निर्वाचित

Categories:

-

काठमाडौँ, १८ फागुन ।  होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको अध्यक्षमा दामोदर नेपाल सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार बागमती प्रदेशको चित्लाङमा सम्पन्न संघको दोस्रो अधिवेशनले नेपाललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । नवनिर्वाचित अध्यक्ष नेपाल यसअघि संघको महासचिव थिए ।

यस्तै संघको वरिष्ठ उपाध्यक्षमा श्यामकुमार (भालु) श्रेष्ठ निर्वाचित भएका छन् भने प्रथम उपाध्यक्ष र दितृय उपाध्यक्षमा निपु सराप र राजकुमार श्रेष्ठ चयन भएका छन् ।
संघको महासचिवमा भने राजकुमार प्याकुरेल चयन भएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, सचिवमा राजेन्द्र कुमार तिया, सहसचिव– हरिगोपाल सापकोटा, कोषाध्यक्षमा शेखरमान श्रेष्ठ र सहकोषाध्यक्षमा विनोद लामिछाने चयन भएका छन् ।

अन्य सदस्यहरुमा रामशरण नेपाल, अमृत बहादुर श्रेष्ठ, होम बहादुर श्रेष्ठ, सुनिल अर्याल, ललितजंग सिंह, सन्तोष घले, नमराज मरठ्ठा, कल्पना पौडेल, सुदिप देवकोटा र राजन भट्ट चयन भएका छन् । सबै केन्द्रिय पदाधिकारीसहित कार्यसमिति सदस्य सर्वसम्मत चयन गरिएको हो ।

विधानत संघको केन्द्रिय कार्यसमिति सदस्य २१ रहनेछ । जसमध्ये निर्वाचित कार्यसमितिले तीन जना सदस्य मनोनित गरिनेमा तत्काल दुई जनालाई मनोनित गरिएको र १ जना मनोनित गर्न बाँकी नै राखिएको अध्यक्ष नेपालले जानकारी दिए ।
नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।

नन् स्टार होटललाई पनि स्टार होटल सरह सुविधा दिन व्यवसायीको माग

काठमाडौं । मझौला तथा साना होटल व्यवसायीहरुले ठूला तारे होटल सरह आफुहरुलाई पनि सेवा सुविधा दिन सरकारसँग माग गरेका छन् । बुधबार होटल तथा पर्यटन व्यवसायी संघ, बागमती प्रदेशको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन कार्यक्रममा बोल्दै व्यवसायीहरुले यस्तो माग गरेका हुन् ।

‘राज्यले ठूला तारे होटलहरुलाई मात्र पर्यटन उद्योगको हिस्सेदारको रुपमा लिइरहेको छ । सेवा सुविधा उनीहरुका लागि मात्र बाडिरहेको छ । तर साना तथा मझौला होटल, रेष्टुरेन्ट व्यवसायलाई खै सरकारले प्रमोट गरेको ?’ होटल व्यवसायी महासंघका पूर्वअध्यक्ष अमृत भुजेलले भने, ‘अब नन् स्टार होटल व्यवसायले पनि तारे होटल सरह सुविधा पाउनुपर्छ ।’
सोही अवसरमा होटल तथा पर्यटन व्यवसायी संघ, काठमाडौं जिल्ला समितिका अध्यक्ष शैलेस कार्कीले साना होटल व्यवसायीहरुलाई च्याप्ने गरी ल्याएको पुरानो ऐन संशोधन गर्नुपर्ने बताए ।

‘होटल व्यवसाय ऐन, २०३५ निकै पुरानो भयो । अब यसले काम गर्न सक्दैन तत्काल संशोधन गर्नुपर्छ । होटलहरु ट्याक्स तिर्न मात्र सञ्चालन भइरहेका छैनन्, पर्यटन उद्योगलाई समेत ठूलो टेवा पु¥याइरहेको भुल्न हुँदैन’ कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले भने, ‘पयर्टन व्यवसायलाई प्रवर्धन गर्न सरकारले होटल व्यवसायसँगै नयाँ नयाँ पर्यटकीय गन्तव्यको खोजि गर्नुपर्छ । साथै आकर्षण कार्यक्रमहरु ल्याएर आन्तरिक पर्यटक समेत चलाएमान बनाउन आवश्यक छ’ उनले भने ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै होटल व्यवसायी महासंघका अध्यक्ष दिनेशकुमार चुकेले विदेशी मुद्रा आर्जनको मुख्य स्रोत पर्यटन व्यवसायलाई राज्यले प्राथमिकताका साथ हेर्नुपर्ने बताए । पर्यटन प्रवद्र्धनका लागि होटल व्यवसायलाई पनि राज्यले प्रवद्र्धन गर्नुपर्ने बताउँदै अध्यक्ष चुकेले अर्थतन्त्र चलायमान गर्न मेला महोत्सव जस्ता कार्यक्रमहरुलाई समेत निरन्तरता दिनुपर्ने बताए ।

सोही अवसरमा उनले केन्द्रीय सरकारदेखि प्रदेश र स्थानीय सरकारले समेत पर्यटनमा गर्ने खर्च सम्बन्धित पर्यटन सम्बध स्टेकहोल्डरहरु मार्फत गर्नुपर्ने बताए । अनिमात्र त्यसको प्रभावकारी हुने उनको भनाइ छ ।

कार्यक्रमका प्रमुख अतिथि एवंम् बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले समग्र प्रदेशको पर्यटन प्रवद्र्धनमा सरकार लागेको बताउँदै त्यसमा सबैको सल्लाह र सुझाव आफुले चाहेको बताए ।

‘पर्यटन प्रवद्र्धनका लागि सरकार सधै सकारात्मक छ । समग्र प्रदेशको संभावित पर्यटन क्षेत्रको विकासमा बागमती प्रदेश सरकार लागिरहेको छ । अझ तपाईहरुसँग उपयुक्त उचित योजनाहरु छन् भने ल्याउनुस् । के गर्न सकिन्छ म तपाईहरुलाई सहयोग गर्न तयार छु ।’ तर, पर्यटन प्रवद्र्धन र विकासका नाममा डाँडाडाँडामा भ्यू टावर ढड्याउने काममा भने प्रदेश सरकार नलाग्ने उनले स्पष्ट पारे ।

बुधबार बागमती प्रदेशको दामन, चित्लाङमा सम्पन्न कार्यक्रमा व्यवसायीहरुले स्थानीय झाकीँ तथा लोक बाजागाजासहित ¥याली समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य