राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

Categories:

-

काठमाडौं, १६ फागुन । नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।

पार्टी कार्यालय तीनकुनेमा बुधबार बसेको समाजवादीको सचिवालय बैठकले आठ दलको तर्फबाट राष्ट्रपतिको साझा उम्मेदवार बनाइएका रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

एकीकृत समाजवादीको संघीय संसदमा १८ जना र प्रदेशसभामा २५ जना सांसद छन् । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा दुबै तहका सांसदहरु मतदाता रहन्छन् ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य