खागतस्करी प्रकरणमा स्पष्टिकरण नदिएर पारस माओवादीमा प्रवेश

Categories:

-

हेटाैँडा,१५ माघ ।मकवानपुरमा माओवादी नेताहरुकाे ओहाेरदाेहाेर बेलाबखत समाचार बनिरहन्छ । कुनैबेला माेहन वैद्यकाे पार्टीमा लागेर फेरि माओवादीमै फर्कनु भएकी कुमारी माेक्तान २०६४ यता तीनपटक सांसद मात्र नभएर पार्टी पाेलिटब्युराे सदस्य, बागमती प्रदेश सरकारमा दाेहाेर्याएर सामाजिक विकास मन्त्री छिन  ।

विगतमा माओवादीबाट बाबुराम भट्टराईकाे नयाँ शक्तिमा सचिवालय सदस्य भएका प्रल्हाद लामिछाने एमाले नेता हुँदै फेरि माओवादी फर्केर बागमती प्रदेश नीति तथा याेजना आयाेग सदस्य भए  । अब उपाध्यक्ष हुने चर्चा छ ।

२०६४ मै मकवानपुरकाे चारैसिट जितेकाे माओवादीकै युवा नेतामध्ये एक दिलबहादुर घिसिङ पनि माेहन वैद्यकाे पार्टी हुँदै हाल एमाले प्रदेश कमिटी सदस्य भएका छन  । यसैमा विगतमा मजदुर नेताका रुपमा मकवानपुरमा क्रियाशील युवा नेता पारस नेपाली पनि माओवादीमा फिर्ता हुँदा उनिमाथि भने संगीन आराेप लागेकाे छ ।

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवाद) प्रदेश कमिटीले पारसले पार्टी हित विपरित कार्य गरेकाे, लम्पट आर्थिक नीतिमा लागेर अर्थ संकलन गरेकाे, पार्टीकाे सूचना बाहिर लगेकाे, सहकर्मीहरुलाई घेराबन्दी गरेकाे आराेपसहित पदमुक्त गरेकाे जनाएकाे छ ।

पार्टी सेक्रेटरी प्रवेशले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ, ‘गैँडा खाग तस्करीमा कमरेड पारस पनि जाेडिएकाे सूचनापछि ११ माघमा २४ घण्टे स्पष्टिकरण साेधिएकामा सम्पर्कविहीन भएकाले सबै जिम्मेवारीबाट मुक्त गरिएकाे छ ।’

पार्टीस्राेतका अनुसार गैँडा खाग तस्करी काण्डमा पारसका भाइ पुर्पक्षमा छन् र पारसकाे पनि याे घटनामा संलग्नता रहेकाे छ । यही काण्डमा जाेगिन पारस बागमतीमा माओवादीकाे मुख्यमन्त्री रहेकाे, मजदुर नेताकाे नाताले जाेगिन पार्टी छाडेर भागेकाे क्रान्तिकारी माओवादीका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य