वामदेव गौतमलाई आफ्नो पार्टीमा ल्याउन माधवकुमार नेपालले गरे अर्को प्रयास

Categories:

-

काठमाडौँ,११ माघ ।एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले भर्खरै एमाले छाडेर नेकपालाई पुनर्जीवित गर्ने अभियानमा लागेका वामदेव गौतमलाई पार्टीमा प्रवेश गर्ने प्रस्ताव गरेका छन् । दुई नेताबीच भएको भेटमा अध्यक्ष नेपालले गौतमलाई अध्ययनका लागि राजनीतिक र सांगठनिक कागजातसमेत उपलब्ध गराउदै उक्त प्रस्ताव राखिएको थियो ।

राजनीतिक सक्रियता र नेतृत्वका लागि परिचित गौतमले संयुक्त समाजवादी पार्टीमा जाने वा नजाने निर्णय भने गरेका छैनन् । उनले अन्तिम निर्णय गर्नुअघि अध्यक्ष नेपालले उपलब्ध गराएको कागजात राम्ररी समीक्षा गर्ने बताए ।

अध्यक्ष नेपालले गौतमलाई पार्टीमा ल्याउने प्रयास गरेको यो पहिलो पटक भने होइन । विगतमा गौतमलाई नेपालले आफ्नो पार्टीमा भर्ना गर्न पटक–पटक प्रयास गर्दा पनि एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्न चाहेका थिएनन् ।

अध्यक्ष नेपाल र गौतमबीच भएको भेटमा पार्टीका उपाध्यक्ष प्रमेश हमाल र केशवलाल श्रेष्ठ, उपमहासचिव प्रकाश ज्वाला र गंगालाल तुलाधरलगायत पार्टीका अन्य नेताहरुको सहभागिता रहेको थियो । बैठक पार्टीको राजनीतिक तथा सांगठनिक लक्ष्यका बारेमा छलफलमा केन्द्रित रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य