काठमाडौँ,९ माघ । बुद्ध र यती एयरलाइन्सजस्ता नेपालका आन्तरिक उडान कम्पनीहरूले अन्तर्राष्ट्रिय क्षेत्रमा चरणबद्ध रूपमा छाडेका विमानहरू प्रयोग गरिरहेका छन्। यी एयरलाइन्सबाट सञ्चालित एटिआर कम्पनीका ७२–५०० र ४२–३२० जहाजले सुरक्षाको चिन्ताका बढाएका हुन् ।
उडान क्षेत्रको भनाइ छ हवाईजहाज पुरानो हुदैन । यी जहाजहरू पुरानो नभए पनि अत्याधुनिक प्रविधिको अभाव भएकाले यात्रुहरू जोखिममा परिरहेका छन । यही कारण विदेशमा नयाँ प्रविधिका जहाजहरू उडाउने र यस्ता विमानहरुलाई विस्तापित गरिदै आएको छ ।
अन्य देशमा फेजाउट भएका विमानहरु नेपालमा प्रयोग हुनुहो कारण हो यस्ता विमानहरु सस्तो मुल्यमा पाहिन्छ । नयाँ एटिआर–७२–६०० जहाजको मूल्य करिब ३ अर्ब रुपैयाँ रहेको छ भने नेपालका आन्तरिक उडान कम्पनीहरूले खरिद गरेका पुरानो जहाज (एटिआर) को मूल्य ७० करोड रुपैयाँ देखि १ अर्ब रहेको छ । यो मूल्यमा महत्त्वपूर्ण भिन्नता हो, त्यसैले नेपालका कम्पनीहरूले पुरानो जहाजहरू रोज्छन्।
बुद्धले तीनवटा एटीआर-४२-३२० र ११ वटा एटीआर-७२-५०० गरी कुल १५ वटा एटीआरमार्फत सेवा दिँदै आएको छ भने यतीले चारवटा एटीआर-७२-५०० सिरिजको जहाजमार्फत उडान गरिरहेको छ। एटीआर-५०० जहाजहरु सन् १९९७ देखि २०११ सम्म उत्पादन भएको थियो। एटीआर-६०० भने सन् २००७ देखि अहिलेसम्म उत्पादन भइरहेको छ। भारतमा इन्डिगो एयरले पुरानो एटीआर हटाएर एटीआर ७२-६०० सिरिज सञ्चालनमा ल्याइसकेको छ भने बंगलादेशमा पनि नयाँ जहाज नै प्रयोग हुँदै आएको छ। उड्डयन क्षेत्रले नयाँ प्रविधिमा ध्यान दिनुपर्ने उड्डयन विज्ञहरुको भनाइ छ ।
जहाज पुरानो नहुने भन्ने गरिए पनि देशेको भौगोलिक परिदृश्य र नयाँ प्रविधिअनुसार उडान सञ्चालन गर्नुपर्ने हुन्छ । आर्थिक चक्र अनुसार पुरानो प्रविधिका जहाज मर्मत गर्न धेरै पैसा खर्च हुने गर्दछ । यस बाहेक एटीआर–७२–६०० सिरिजका विमानमा गिलासको ककपिट हुन्छ, जसले जहाजको गतिमा समस्या आएमा स्वचालित रूपमा सङ्केत दिन सक्ने र गति नियन्त्रणका लागि उपयुक्त मानिएको पनि विज्ञहरू बताउँछन् ।

अर्कोतर्फ, एटीआर-७२-५०० श्रृंखला जहाजहरू म्यानुअल छन् र चालक दललाई उडानको समयमा समस्याहरू पत्ता लगाउन आफ्नै दिमाखको उपयोग गर्नु पर्दछ । यसले यात्रुको सुरक्षा जोखिममा परेको छ । खासगरी अन्य देशले एटीआर-७२-५०० उडान रोकेर एटीआर ७२-६०० विस्तार गरिसकेका बेला नेपालमा निजी कम्पनीहरूले पुराना जहाजहरू प्रयोग गरी सुरक्षालाई जोखिममा पार्ने काम गरिरहेका छन ।

सरकारले एटीआर–७२–६०० सिरिजका भन्दा मुनिका सिरिजलाई विस्थापन गर्नु पर्छ । यसले निजी कम्पनीहरूको स्तर सुधार र यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नेछ। सरकारले यो कदम नचालेसम्म निजी कम्पनीहरूले पुरानो प्रविधियुक्त जहाज प्रयोग गरी सुरक्षा जोखिममा राखेर यात्रुबाट पैसा उठाउने क्रम जारी रहनेछ ।