विद्रोहको धम्कीबीच एमाले बूढानीलकण्ठ नगर कमिटीले बोलायो सचिवालय बैठक

Categories:

-

काठमाडौँ,२८ पुष ।नेकपा (एमाले) बूढानीलकण्ठ नगर कमिटीको   पूर्ण बैठक बोलाउन माग गर्दै कमिटीका सदस्यहरूले विद्रोह गर्ने संकेत दिएपछि शनिबार सचिवालय बैठक बोलाएको छ । एमाले स्रोतका अनुसार कमिटीका सचिव श्रीकृष्ण श्रेष्ठले शनिबार बिहान ८ बजे कमिटीको कार्यालयमा अनिवार्य उपस्थित हुनुपर्ने सन्देश सर्कुलर जारी गरेका छन् ।

बूढानीलकण्ठ एमालेका नगर अध्यक्ष  पार्टीका केही प्रतिनिधिलाई चुनावमा धूलीमाटी बनाएर विदेश पलाएन भएका छन् भने  कार्यवाहक अध्यक्ष  शम्भुप्रसाद भट्टराईलाई हुन् । तर, भट्टराईले आफू वडा नम्बर १२ को अध्यक्ष (जनप्रतिनिधि) भएको र  आफ्नु सरह निर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिन नैतिकताको आधारमा नपाएको बताउँदै आएका थिए ।

उद्योगी महासंघको अध्यक्ष एवं कमिटीका सचिवालय सदस्य  रवीन्द्र थापाले पूर्ण बैठक बोलाउन माग गर्दै केही दिनदेखि समितिका सदस्यहरूको हस्ताक्षर संकलन अभियान चलाउँदै आएका छन् । यो अभियान कमिटीका सदस्यहरूबीच विद्रोहको उत्प्रेरक बनेको बताइएको छ ।

नेकपा (एमाले) बूढानीलकण्ठ नगर कमिटीको १४ महिनादेखि बैठक बस्न नसक्दा सदस्यहरूमा निराशा र असन्तुष्टि बढेको छ । कमिटी सञ्चालन एवं   निर्णय प्रक्रियाको अभावले कमिटीमा अन्योल र असमझदारी निम्त्याएको बताइएको छ ।

शनिबार बस्ने सचिवालय बैठकलाई कमिटीका  सदस्यहरूको चासो र विद्रोह निम्त्याएको समस्या समाधान गर्ने महत्वपूर्ण अवसरका रुपमा हेरिएको छ । कमिटीलाई विगत १४ महिनादेखि समस्यामा परेको सञ्चालन  र निर्णय क्षमताको अभावलाई सम्बोधन गर्ने अवसर पनि हो ।

शनिवारको बैठकले नेकपा (एमाले) बूढानीलकण्ठ नगर कमिटीको  अवस्था र कमिटीले  आगामी दिनमा कस्तो दिशा लिन्छ भन्ने कुराको अन्तरदृष्टि दिने भएकाले सचिवालय बैठकको नतिजालाई राजनीतिक पर्यवेक्षकहरूले नजिकबाट नियाल्नेछन् । यो कमिटीको  आन्तरिक द्वन्द्व समाधान गरी एकताबद्ध ढंगले अगाडि बढ्ने क्षमताको परिक्षण पनि हो ।

नेकपा (एमाले) बूढानीलकण्ठ नगर कमिटी भित्रको विद्रोह अनौठो नभई पार्टीले सामना गरिरहेका ठूला समस्याहरूको प्रतिबिम्ब हो भन्ने कुरा ध्यान दिनु जरुरी भएको एक सचिवालय सदस्यले हामीलाई बताए  सचिवालय बैठकको नतिजाले कमिटीलाई मात्र नभई समग्र पार्टीका लागि पनि महत्वपूर्ण असर पार्ने उनको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य