क्रेडिट रेटिङ नियम उल्लङ्घन गरेपछि केयर रेटिङ नेपालको लाइसेन्स संकटमा

Categories:

-

काठमाडौँ,२८ पुष । नेपाल धितोपत्र बोर्ड (एनएसबी) ले क्रेडिट रेटिङ नियमावली २०६८ को उल्लङ्घन गरेको भन्दै केयर रेटिङ्स नेपाल लिमिटेड विरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ ।

केयर रेटिङ्स नेपालको इजाजतपत्र किन खारेज नगर्ने र किन खारेज गर्न नहुने भनेर एनएसबीले पत्र पठाएको छ । कम्पनीलाई धितोपत्र ऐन २०६३ को दफा १०१ (७) अन्तर्गत तथा केयर रेटिङ नेपाल लिमिटेडको अनुमति पत्र किन निलम्बन नगर्ने भनि पत्राचार गरेको हो ।

विवादित केयर रेटिङ्स नेपालले विशाल ग्रुपकै मुख्य लगानी रहेको एनआईसी एशिया बैंकको डिबेञ्चरको रेटिङ गरेको थियो । त्यस बाहेक बिभिन्न बैंकहरुबाट ऋण लिएका विशाल ग्रुप सम्वद्ध आधा दर्जन कम्पनीहरुको ऋणको रेटिङ गरेको थियो यसैगरी केयरले विशाल ग्रुप सम्बद्ध युनाइटेड डिष्ट्रिब्युटर्स प्राली, एशियन डिष्ट्रिब्युटर्स प्राली, भीजी अटोमोबाइल्स प्राली, घोराही सिमेन्ट लिमिटेड, मैनावति स्टिल प्राली, ग्लोबल ट्रेडिङ कन्सर्न प्राली लगायतका कम्पनीहरुको रेटिङ गरेको थियो ।

स्वार्थ बाझिने गरी रेटिङ कम्पनीकै सेयरधनी रहेका कम्पनीहरुको नै रेटिङ गरेको केयरलाई नेपाल धितोपत्र बोर्डले आरोप लगाएको छ ।

पुष २४ गते एनएसबीले केयर रेटिङ्स नेपाललाई पत्र पठाएर स्पष्टीकरण र सफाइ मागेको थियो। बोर्डले कम्पनीलाई जबाफ दिन ३ दिनको समय दिएको छ ।

क्रेडिट मूल्याङ्कन नियमहरूको उल्लङ्घन एक गम्भीर विषय हो, किनकि यसले वित्तीय बजारको अखण्डतालाई कमजोर बनाउँछ भने लगानीकर्ताहरू बीचको विश्वास गुमाउन सक्छ। यस अवस्थामा यसले केयर रेटिङ नेपालको व्यवस्थापनको पारदर्शिता र जवाफदेहितामाथि चिन्ता व्यक्त गरिएको छ ।

केयर रेटिङ्स नेपालको लाइसेन्सको सम्भावित खारेजीले कम्पनी र यसका शेयरधनीहरूका लागि दुखद् परिणामहरू ल्याउनेछ भने यसले नेपालको क्रेडिट रेटिङ उद्योगको विश्वसनीयतामालाई भने थप बज्बुद बनाउने विश्वास लिएको छ ।

यसले सबै क्रेडिट मूल्याङ्कन एजेन्सीहरूलाई नियमहरूको पालना गर्न स्वार्थको द्वन्द्वबाट बच्नको लागि वित्तीय बजारमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने महत्त्वलाई पनि हाइलाइट गर्दछ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य