18.1 C
Kathmandu
Friday, April 19, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

एमाले बूढानीलकण्ठमा सुरुभयो विद्रोह,पूर्ण बैठकको माग गर्दै हस्ताक्षर संकलन अभियान 

सम्बन्धित खबर

काठमाडौँ , २५ पुस ।नेकपा (एमाले) बूढानीलकण्ठ नगर  कमिटीका सदस्यहरूले समितिको पूर्ण बैठक बोलाउन माग गर्दै आन्दोलन गरिरहेका छन् । नगर अधिवेशन भएको १४ महिना बितिसक्दा पनि नगर कमिटीको बैठक बसेको छैन ।

सचिवालय सदस्य तथा उद्योग व्यवसायी महासंघ बूढानीलकण्ठ नगर कमिटीको अध्यक्ष रवीन्द्र थापाले पूर्ण बैठक बस्न नसक्दा संगठनको परिचालन र विस्तारमा चरम उदासीनता देखिएको बताए ।

थापाले भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले बूढानीलकण्ठ पार्टीको पराजयको विस्तृत समीक्षाका लागि पूर्ण बैठक आवश्यक रहेको बताए ।

यस्तो अवस्थामा पार्टीले नेतृत्वसँग तत्काल बैठक बस्न मौखिक र लिखित माग गरेको छ । तर, यी मागप्रति कुनै प्रतिक्रिया आएको छैन । फलस्वरूप, कार्यकर्ताहरूले   अब औपचारिक रूपमा नगर कमिटीको पूर्ण बैठक बोलाउन आफ्ना सदस्यहरूबाट हस्ताक्षर सङ्कलन गरिरहेको छन् ।

 

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष