काठमाडौं, २१ मंसिर । सर्वोच्च अदालतमा नेकपा (एमाले) का नेता विष्णु पौडेलविरुद्ध मुद्दा दर्ता भएको छ ।
सर्वोच्चका प्रवक्ता बिमल पौडेलले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा धाँधली गरी एमाले उम्मेदवार पौडेललाई जिताइएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेलले मुद्दा दर्ता गर्नुभएको जानकारी दिए ।
प्रवक्ता पौडेलका अनुसार निर्वाचनसम्बन्धी विवाद सर्वोच्चको संवैधानिक इजलासले निरुपण गर्ने व्यवस्था रहेको छ ।
रुपन्देही निर्वाचन क्षेत्र नं. २ बाट एमाले उम्मेदवार विष्णु पौडेल २७ हजार १४८ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । त्यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी रास्वपाका गणेश पौडेलले २५ हजार ७८२ मत ल्याएका थिए ।
प्रतिक्रिया दिनुहोस्


