25.1 C
Kathmandu
Friday, March 29, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

कुसुमकुमार कार्कीले भने जनतालाई गरेको प्रतिबद्धता पुरा गर्न कार्यालय खोलेर बस्छु

सम्बन्धित खबर

काठमाडौं, १२ मंसिर ।  सत्ता गठबन्धन साझेदार दल नेकपा (एकीकृत समाजवादी)  काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ (२) का उम्मेदवार कुसुमकुमार कार्कीले   गठबन्धनका दलहरु एवं क्षेत्रका  मतदातामा आभार प्रकट गरेका छन्  ।

निर्वाचन क्षेत्र ४ नम्बर २ का उम्मेदवार कुसुमकुमार कार्कीलाई उम्मेदवार बनाउने गठबन्धन र मतदान गर्ने मतदातालाई धन्यवाद ज्ञापन गरेको हो । निर्वाचन परिचालन कमिटीको अध्यक्ष कुमार ओझाको अध्यक्षतामा शनिवार तारेभीरमा  चुनाव समीक्षा भएको थियो ।

समीक्षा बैठकमा पार्टीका शीर्ष नेताहरूले कमजोर संगठन, अरुको गठजोड, आर्थिक अभाव तथा नयाँ शक्तिहरूको बलियो उपस्थितिमा पनि इमानदार भएर मतदान गर्ने ८ हजार भन्दा बढी मतदातालाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको हो ।

कार्यक्रममा उम्मेदवार तथा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य समेत रहेका कार्कीले निर्वाचन परिणाममा झिनो मतले हारजित भए पनि संगठन बलियो पारेर अघि बढ्न सके ४ (२) को निर्वाचन क्षेत्रमा  समाजवादी पार्टी बलियो हुने बताए । निर्वाचन हारेपनि समाजवादीको निर्वाचन क्षेत्र विकास गर्ने   मुद्दा स्थापित भएको उनले बताए उनले भने ” हामीले संयुक्त चुनावी प्रतिबद्धता प्रकाशन गरेका छौं केन्द्रमा हामीले गगनजीलाई जिताएका छौ अब त्यसलाई पुरा गराउन हामीले मतदातालाई भने बमोजिम कार्यालय खोलेर बस्ने छौं ।“

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष