गुगलमा भेटिने तर भूगोलमा नभेटिने सूर्य थापाको अर्को नाटक

Categories:

-

बुटवल, १४ कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा दलका नेता र उम्मेदवारहरू प्रचारका लागि अनेक शैली अपनाउन थालेका छन् । विशेषतः गुगलमा भेटिने तर भूगोलमा नभेटिने नेताहरूले मतदाताको घरनै चिन्दैनन् त्यसै हुँदा उनीहरू बाली भित्र्याउन खेतमा व्यस्त किसानहरूसम्म  पुग्ने गरेका छन् ।

प्युठानबाट उम्मेदवारी दिएका एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले धान काटिरहेका किसानहरूसँग भोट माग्दै आफू किसानकै छोरो भएकोले जिताउन आग्रह गरेका छन्  ।

एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका थापा अधिकाम्स समय काठमाडौंमै बस्ने गरेका छन् । मल्लरानी गाउँपालिका-३ सालठाँटीमा पुग्दा उनलाई स्वागत गर्नेहरू कोही नभएपछि उनि धान काट्न व्यस्त किसानहरूसँग खेतमै पुगेर थापाले मत मागे । जब थापा त्यहाँबाट हिँडे धानकाटीरहेका कृषकहरूको प्रतिक्रिया थियो :  कोटलगाएर धान खेतमा पसेका नेता पनि किसानको छोरो हुन्छ ? चुनावमा नाटक गर्छन् नि ।

प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा गठबन्धनबाट राजमोकी दुर्गा पौडेल र एमालेबाट सूर्य थापा चुनावी प्रतिस्पर्धामा छन् । थापा एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज हुन् भने पौडेल राजमोकी उपाध्यक्ष हुन् ।

प्रदेश निर्वाचन क्षेत्र नम्बर १ मा एमालेबाट पार्टीका निवर्तमान जिल्ला अध्यक्ष एवं प्रदेश कमिटी सचिवालय सदस्य तुल्सीराम शर्मा र गठबन्धनबाट माओवादीका प्रदेश कमिटी सचिवालय सदस्य कृष्ण अधिकारी (प्रकाश) चुनावी प्रतिस्पर्धामा छन् ।

प्रदेश निर्वाचन क्षेत्र नम्बर २ मा एमालेबाट पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला सह इन्चार्ज हरिप्रसाद रिजाल र गठवन्धनबाट कांग्रेसका क्षेत्रीय सभापति एवं चलचित्र निर्माता सरोज थापा (रोज राणा) प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य