बझङ, असोज २८ । आसन्न ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बझाङमा बाम(लोकतान्त्रिक गठबन्धन) दलका उम्मेदवारले चुनाबी अभियान शुरु गरेका छन् । जिल्ला निर्वाचन कार्यालय बझाङले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै दलहरू चुनावी अभियानमा जुट्न थालेका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत सामाजवादीका जिल्ला नेतृत्व सहित गठबन्धन दलले चुनावी अभियानलाई तीव्रता दिएका हुन् । गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा एकीकृत (नेकपा समाजवादी) का स्थायी कमिटि सदस्य एवं पूर्व मन्त्री भानुभक्त जोशी साझा उम्मेदवार छन् । प्रदेश सभा निर्वाचन क्षेत्र (क) मा नेपाली कांग्रेसका पृथ्बी बहादुर सिंह र (ख) मा माओवादी केन्द्रका भिम भण्डारी उम्मेदवार छन् ।
चुनावी अभियानको शुभारम्भ गर्दै एकीकृत समाजबादीका स्थायी कमिटि सदस्य सहेत रहेका प्रतिनिधिसभाका लागि गठबन्धनका साझा उम्मेदवार भानुभक्त जोशीले बझाङलाई बाटोघाटो निर्माण तथा स्तरोन्नती, शिक्षा, स्थास्थ्य, कृषि, पर्यटन र युवालाई रोजगारी मार्फत् बझाङको विकास र समृद्धीका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् । ‘मैले बझाङको भूगोल र त्यहाँको समस्यालाई राम्रोसंग मनन गरेको छु । बझाङका साझा समस्या समाधानका लागि विगत देखि निरन्तर काम गर्दै आएको पनि छु । मैले गरेका अधुरा र अपूरा कामलाई पूरा गर्दै समग्र बझाङको विकासका लागि मेरो उम्मेदवारी हो । जनताले दिएको मतलाई सम्मान गर्दै बझाङको विकासका निम्ति अहोरात्र खट्नेछु,’ चुनाबी अभियानको शुभारम्भ गर्दै जोशीले भने ।
प्रदेशसभा तर्फ क्षेत्र नम्बर क र ख का उम्मेदवारहरु क्रमशः नेपाली कांग्रेसका पृथ्बी बहादुर सिंह र नेकपा माओवादी केन्द्रका भिम भण्डारीले ले संविधानको रक्षा गरेर प्रतिगमनलाई परास्त गर्दै समग्र बझाङको विकासका लागि अफुहरुले उम्मेवदारी बताए । ‘तमाम सम्भावना रहदा रहदै पनि पहाडी जिल्ला बझाङ हरेक क्षेत्रले पछि परेको छ ।
अरु जिल्लाको तुलनमा कृषि, रोजगारी र पर्यटनको प्रचुर सम्भावना रहेकाले थोरै मेहेनतले पनि जिल्लाको विकास गर्न सकिने भएकाले सक्ता गठबन्धनका तर्फबाट हामीले उम्मेदवारी दिएका हैंँ,’ चुनावी अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनिहरुले भने ।
जयपृथ्बी नगरापालिका सहित सबै गाउँपालिकाका कार्यकर्ता, समर्थक तथा शुभचिन्तक बीच भेटघाट गरिसकेका गठबन्धन दलहरुले पहिलो चरणमा जिल्लाका सबै पालिकास्तरीय भेटघाटलाई अघि सारेर एक ढिक्का भएर चुवानी तयारीमा जुटेको जनाएका छन् ।
दुई नगरपालिका र दशवटा वटा गाउँपालिका रहेको बझाङमा गत स्थानिय तहको निर्बाचनमा दलहरुले पाएको मतलाई विश्लेषण गर्दा सत्ता गठबन्धन भारी मतले अघि छ ।


