भुसाल भन्छन् – मध्यराति १२ बजे प्रचण्डले फोन गरेर गठबन्धनले सहयोग गर्ने भनेपछि उमेदवारी दिन लागेँ

Categories:

-

असोज २३,बुटवल । नेता घनश्याम भुसालले आफुलाई सत्तारुढ गठबन्धनका दलहरुले समर्थन गर्ने प्रतिवद्धता जनाएको बताएका छन् । आफ्नै निवासमा पत्रकार सम्मेलनमा बोल्दै उनले आफुलाई नेकपा माओवादी केन्द्रले आफ्नो चुनाव चिह्नबाट उमेदवारी दिन आग्रह गरेको भए पनि आफुले स्वतन्त्रबाटै दिन चाहेको बताए ।

“मलाई हिजो माओवादीका साथीहरुले बिनम्रतापूर्व आफ्नो पार्टीको चुनाव चिन्ह लिएर स्वतन्त्रमा उम्मेदवारी दिन आग्रह गरे । कमरेड प्रचण्डले पनि आग्रह गर्नुभयो । तर मैले स्वतन्त्र भएरै चुनाव लड्न चाहेको बताएँ, ” उनले भने, “प्रचण्डले गठबन्धनमा प्रधानमन्त्री र माधव कमरेडसँग कुरा गर्नुपर्छ भन्नुभयो । मध्यराति १२ बजे उहाँहरुले मलाई समर्थन गर्ने जनाउनु भयो ।”

भुसालले प्रचण्डले आफ्नो तर्फबाट कुनै उम्मेदवारी नदिई मलाई सघाउ गर्ने प्रतिवद्धता जनाएको बताए । व्यवहारिक राजनीतिमा जहाँ बढी संभावनाहरु छन्, त्यहीँबाट आफुले उमेदवारी दिन लागेको भुसालले बताए ।

भुसालले अब आफु सत्तारुढ गठबन्धनले समर्थन गरेको स्वतन्त्र उम्मेदवारको रुपमा आज उम्मेदवारी दर्ता गर्ने जानकारी दिए । उनले आफु राजनीतिक मान्छे भएका कारण अरूक्षेत्रबाट राजनीतिमा योगदान हुनसके पनि संसदबाटै प्रभावकारी हुने भएका कारण चुनावमा उठ्न लागेको बताए ।

भुसालले वाम एकताको कुरा गरेबापत आफुलाई किनारा लगाइएको दाबी पनि गरे । भुसालले नवौं महाधिवेशनमा नीति आफ्नो पारित भए पनि नेतृत्व ओलीको भएको बताए । उनले समस्या त्यहँबाट सुरुभएको दाबी गरे ।

उनले भने, “नीति अनुसारको नेतृत्व आएको भए एमाले भ्रष्टाचार नगर्ने नेताहरूको पार्टी बन्थ्यो, सरकार रोजगार दिनेमा हुन्थ्यो र संगठन चुस्त हुन्थ्यो ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य