भीम रावलले टिकट नपाएपछि एमाले अछामका ४० बढी नेताको सामूहिक राजीनामा

Categories:

-

२२ असाेज, काठमाडौं ।भीम रावलले टिकट नपाएपछि एमाले अछामका ४० बढी नेताहरूले सामूहिक राजीनामा दिने भएका छन् । पार्टीको जिल्ला कमिटीले सर्वसम्मत रावललाई उम्मेदवार सिफारिस गर्दा समेत टिकट नदिइएको भन्दै सामूहिक राजीनामाको तयारी गरेका हुन् ।

हाल उनीहरूको सामूहिक बैठक बसिरहेका छन् । राजधानी लाइभलाई प्राप्त विवरण अनुसार उनीहरुको राजीनामाको ड्राफ्ट तयार भइसकेको छ । यद्यपि हस्ताक्षर हुन बाँकी रहेको एक नेताले बताए ।

आजै नेकपा एमाले क्षेत्रीय निर्वाचन समन्वय कमिटीका संयोजक प्रकाश शाहले राजीनामा दिइसकेका छन् । यस्तै नेता रावलले समेत भोलि सम्म व्यवस्थित निर्णय लिने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य