दोलखाको प्रतिनिधि सभा समाजबादीको भागमा

Categories:

-

भदौ ३०,दोलखा। दोलखा प्रतिनिधि सभा नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजबादी) को भागमा पर्ने निश्चित भएको छ ।

सत्तारुढ ५ दलीय गठबन्धनभित्र दोलखाको एक मात्रै रहेको प्रतिनिधि सभा नेकपा एसको भागमा पर्ने प्रारम्भीक सहमति भएको एक नेताले बताएका छन् ।

नेकपा एसले दोलखामा आफ्नो पकड भएकोले आफुले पाउनुपर्ने माग राख्दै आएको थियो ।गठबन्धनभित्र दोलखामा प्रतिनिधि सभा एसलाइ दिने निश्चित भएपछि टिकटको दबाब दिन काठमाडौ आएका नेता कार्यकर्ता चुनाब तयारीका लागि जिल्ला फर्किन थालेको उपसचिव संगीता पाख्ररिनले बताइन ।

नेकपा एस दोलखाले प्रतिनिधि सभामा पार्टीका पोलिट ब्युरो सदस्य शिव प्रसाद भण्डारीलाई उम्मेदवार बनाउने यश अघिनै निर्णय गरेको छ ।
इमानदार छवि बनाएका भण्डारीलाई दोलखामा गठबन्धन र एमालेभित्र समेत प्रभावशाली नेताको रुपमा हेरिन्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य