काठमाडौँ २८, भदौ । रिलायन्स कलेज चाबहिल सरस्वतीनगरको आयोजनामा स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ।
भदौ २७ गते आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई बिदाई गरिएको छ भने कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरिएको छ ।
रिलायन्स एजुकेसन नेटवर्कका कार्यकारी अध्यक्ष प्रिन्सिपल रबिन्द्र जङ्ग थापाको अध्यक्षता भएको उक्त कार्यक्रममा नबिल बैंकका ड्युटी सी इ यो मनोज ज्ञवाली प्रमुख अथिति थिए ।

कार्यक्रमका रिलायन्स एजुकेसन नेटवर्कका कार्यकारी अध्यक्ष प्रिन्सिपल रबिन्द्र जङ्ग थापाले नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै रिलायन्स एजुकेसन नेटवर्क भित्र रहेको यो कलेज नेपालकै प्रिप्राइमरीदेखि मास्टर्स डिग्रीसम्म पढाइ हुने बताए ।
करिब ६ सयभन्दा बढी कर्मचारी, ६ हजारभन्दा बढी विद्यार्थीहरू रिलायन्स एजुकेशन यस नेटवर्कभित्र आवद्ध रहेको जानकारी दिदै एउटै छाताभित्र रिलायन्स एजुकेसन नेटवर्कले शैक्षिक क्षेत्रमा उदाहरणीय र अब्बल रूपमा आफूलाई उभ्याएको बताए ।
विक्रम संवत् २०५० सालमा स्थापना भएको रिलायन्स एजुकेसन नेटवर्कभित्र रिलायन्स इन्टरनेशनल एकेडेमी स्कुल, रिलायन्स पब्लिक स्कुल, रिलायन्स किड्स होम, रिलायन्स कोयड र रिलायन्स कलेज गरि ५ वटा शैक्षिक संस्था सञ्चालनमा रहेको छ ।

