काठमाडौँ , २८ भदौ । अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीले एकदिने शेयर अभिभुखिकरण तालिम सम्पन्न गरेको छ । अनेरास्ववियु महासचिव आरती लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्याम्पसका विद्यार्थीहरूलाई कृषि विकास बैंकका विभागीय अधिकृत दीपक खतिवडाले शेयर, शेयर बजार, लगानीका तरिका र लगानीका सम्भावित क्षेत्रहरूका विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा बोल्दै अनेरास्ववियुका महासचिव आरती लामाले विद्यार्थीहरूले स्वावलम्बी बन्नु पर्ने, स्वावलम्बी बन्नलाई राम्रो सम्भावना भएको क्षेत्र शेयर बजार पनि भएको तर राम्रो अध्ययन बिनाको लगानी भने घातक बन्न सक्ने बताए । साथै शेयर धनीहरूको लगानी सुरक्षाको लागि स्थिर अर्थतन्त्र आवश्यक रहेको र स्थिर अर्थतन्त्रकालागि आगामी निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) पार्टीलाई जिताउनु पर्ने बताइन ।

कार्यक्रम अनेरास्ववियु स्थाई कमिटी तथा त्रिचन्द्र क्याम्पस अध्यक्ष विकासजंग शाहीको अध्यक्षतामा भएको अनेरास्ववियुका प्रचार विभाग प्रमुख तथा प्रवक्ता मिलन राईले जानकारी दिए ।


