काँठेहरुको ज्यान र चिहान जोगाइ दिनेले काठमाडौँ ४ मा दावी गरेपछि ….

Categories:

-

भदौ १३, काठमाडौँ । नेकपा एमाले बुढानीलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष जगत प्रसाद निरौलाले मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो  काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ (ख) मा आफुले  उम्मेद्वारी दिने  पत्रकारहरू माझ बताएका छन् । १० गते पत्रकार सम्मेलन मार्फत उनले आफ्नो उम्मेद्वारी यूवाहरुको भरोसा तथा काँठे तथा पाखे बिचको विभेद अन्त्य गर्नका लागी रहेको बताएका थिए ।

बुढानिलकण्ठमा लामो समय देखि जिम्मेवारी र अवसरमा रहेको काँठे “सिन्डिकेट” अन्त्यका लागि आफूले उम्मेद्वारी दिने बताएका निरौलाको खबर स्थानीय मिडियाले जोड तोडको साथ प्रकाशन गरे भने केही पार्टीका झोले मिडियाले आफ्ना पार्टीको हुकुम बमोजिम पत्रकार आचार  संहिताको खिल्ली उडाउँदै पूर्ण रुपमा हटाएका पनि छन् ।

को हुन् निरौला किन छेडे काँठे पाखेको बहस

विगत दुई दशक अघि तात्कालिक कपन गाविस देखि आफूलाई एमालेको राजनीतिमा होमेका जगत प्रसाद निरौलाले काँठे राजनीति कर्मीको रामैसँगत् गरेका छन् ।

युद्धकालीन अवस्थामा नेकपा माअोवादीले नेकपा एमालेकाका कार्यकर्ताहरूलाई घर- घर बाट निकाले दुर्व्यवहार गर्ने गरेको अवस्थामा निरौला, हालका वडा अध्यक्ष नवराज भट्टराई, पार्टी विभाजन पछि नेकपा एकीकृत समाजवादी तर्फ लागेका धुर्व राज एवं हरिराम ढुंगाना आफ्ना कार्यकर्ताको ज्यान बचाउन सक्रियरहेका थिए ।

देशमा शान्ति स्थापना भएपछि राजनीतिका विभिन्न आरोह अवरोह पारगर्दै निरौला काठमाण्डौ क्षेत्र नं ४ (ख) मा सबैभन्दा बढी मतदाता रहेको वडा नं १० मा नेकपा एमालेको पार्टी कमिटी अध्यक्ष भए र प्यानलनै जिताउन प्रभावशाली भूमिका निर्वाह गरेका थिए ।

सुरु देखिनै सार्वजनिक जग्गा संरक्षण एवं विकास निर्माणका बारेमा भिन्न सोचलाई प्राथमिकतामा राखेका निरौलाले आफ्नै वडाका काँठेहरुले लगभग बिक्री गरिसकेकोको सिद्देश्वर मन्दिर क्षेत्र संरक्षण गरेर देखाएका थिए । यसै गरि ह्यान्डबल खेलमैदानको जग्गामा आफ्नै पार्टीका जिम्मेवार नेताहरूले चुनावी खर्च लिएर भूमाफियासँग साँठ गाठगरेको विषय मिडियालाई दिएर काठेहरुको चिहान जोगाएका थिए ।

शुक्रवार भएको पत्रकार सम्मेलनमा जगत निरौलाले २०४९ साल देखि अहिले सम्म पनि जुनसुकै लाभको पदमा काठे नेताहरूले मात्र अवसर पाउने र अन्यत्रबाट बसाइसरेर आएका पाखे नेताहरूले अवसर बाट बञ्चित हुनु परेको मा निकै बेर चर्चा गरेका थिए । “यहाका स्थानीय भन्नेहरुको चाहिँ ज्यान र चिहान हामीले जोगाइ दिनु पर्ने ?” उनले पत्रकारलाई प्रश्न गरेका थिए ।

 २०४६ को परिवर्तन पछी बुढानीलकण्ठमा २५ प्रतिशतको शक्तिले ७५ प्रतिशतलाइ राज गरिरहेको भन्दै   रैथाने र स्थानीय विच देखिएको मनोविज्ञान र अवसरको खाडल पुर्ने पहलका लागि उम्मेद्वारी दावी गर्ने घोषणा गरेका हुन् ।

खोटाङ जिल्लाबाट आएर बुढानीलकण्ठ नगरपालिका वडा नं १० का राजनीतिक र सामाजिक अभियानमा सक्रिय रहेका निरौलाले छेडेको काँठे पाखे बहस र उमेद्द्वारिले यतिबेला काठमाडौँ निर्वाचत क्षेत्र नम्बर ४ को राजनीतिमा तरङ्ग पैदा भएको छ भने, निरौलालाई गाली गर्ने र धन्यवाद दिनेहरुको सामाजिक संजालहरुमा लर्को देखिएको  छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य