भाद्र ५, काठमाडौँ । निर्वाचनको मिति नजिकिएसँगै काठमाडौँ निर्वाचन क्षेत्रनम्बर ४ मा अन्य पार्टी छोडेर नेकपा एमाले प्रवेश हुने हरूको लर्को बढ्दै गएको छ ।
शनिवार नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य तथा पूर्व जनप्रतिनिधि , क्षेत्रीय उपसचिव ,काठमाडौँ महानगरपालिका वडा नं ७ कमिटीका अध्यक्ष र सचिव सहित नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार समितका सदस्य नेकपा एमालेमा प्रवेश गरेका थिए।
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराई नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडाल .पोलिटब्युरो सदस्य कृष्ण राई ,केन्द्रीय सदस्य धर्मदत्त देवकोटा, जिल्ला कमिटी अध्यक्ष दीपक निरौला लगायतका नेता तथा कार्यकर्ताहरूले एमाले प्रवेश गरेकालाई स्वागत गरेका थिए ।
यस निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेस पार्टीका महामन्त्री गगनकुमार थापा एवं नेकपा एमाले बाट यसपालि पनि डा. राजन भट्टराई आसन्न निर्वाचनमा चुनाव लड्दैछन् ।
हेर्नुहोस् एमाले प्रवेश गर्ने हरूको सूची:



