काठमाडौँ निर्वाचन क्षेत्रनम्बर ४ (ख) मा कुसुमकुमार कार्की  प्रस्तावित

निर्बिकल्प कुसुमकुमार कार्की  मात्र हुन् त् ?

Categories:

-

२५,साउन, काठमाडौँ । गत निर्वाचनमा नेकपा एमालेको तर्फबाट राजधानी काठमाडौंको क्षेत्र नम्बर ४ (ख) मा अत्याधिक मतसहित बिजयी भएका कुसुम कार्कीले आगामी निर्वाचनमा समेत चुनाव उठ्ने  भएका छन ।

आज प्रदेश समन्वय कमिटीले आयोजना गरेको बैठकले कार्कीलाई प्रदेश सभा चुनावमा  उठाउने प्रस्ताव  गरेको हो ।   

एकीकृत समाजवादी केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला अध्यक्ष समेत रहेका कार्कीले  बैठकमा पुन निर्वाचन उठ्न इच्छा जाहेर गरेका थिए ।

नेपाली कांग्रेससँग आसन्न निर्वाचनमा गठबन्धन हुने करिव निश्चित भएको कारण पनि कार्की प्रदेश चुनावमा  उठ्न लालाहित देखिएका हुन् । कार्कीले टिकेट पाउने निश्चित भएपछि काठमाडौँ जिल्ला अध्यक्षको पदबाट राजिनामा दिने तयारी गरेको बुझिएको छ ।

निर्बिकल्प कुसुमकुमार कार्की मात्र  हुन् त् ?

आजको बैठकमा नगर कमिटी अध्यक्ष हरिराम ढुङ्गाना, निरञ्जन नेपाल, त्यसै गरि स्थानीय निर्वाचन संयोजकको जिम्बेवारी पाएका ठाकुर प्रसाद खकुरेल उपस्थित थिएनन् ।

नेकपा एकीकृत समाजवादी काठमाण्डौ जिल्ला कमिटी उपसचिव तथा क्षेत्र नं ४ का संयोजक धुर्वराज न्यौपाने बैठकको निर्धारित समय भन्दा ढिला आए, उनले बैठकमा केही बोलेन्न  बैठकमा उपस्थित नहुदाँ न्यौपाने  निजी भ्रमणमा काठमाडौँ बाहिर रहेको जानकारी गराइएको थियो ।

कोही बिरामी तथा कोही निजी भ्रमणमा गएको जानकारी बैठकमा गरिएपनि हरिराम  ढुङ्गाना, निरञ्जन नेपाल अफिसमा भेटिएका थिए भने  बिरामी भनिएका ठाकुर प्रसाद खकुरेल  चिया पसलमा  भेटिएका थिए । उहिहरु बैठकमा ढिला आउनु र सहभागिता नजनाउनुका पछाडिका कारण भने उनीहरुले पनि निर्वाचनमा उठ्ने मनसाय वक्तव्य रहेको बताइन्छ ।

लामो समय देखि काठमाण्डौ क्षेत्र नं ४ मा सक्रिय रहेका धुर्वराज न्यौपानेले यस अघिनै  क्षेत्रको विकास र युवा सशक्तिकरणको लागि आफूले उम्मेद्वारी दिने तयारी गरेको बताई सकेका छन् ।

यसै गरि  वडा  नम्बर ११ का पार्टी अध्यक्ष विमल तामाङ्गले कार्कीलाई अपडेट हुन तथा गठबन्धनको भर नपरी  केन्द्रीय निर्वाचन लड्न सुझाए।

अवसर प्राप्त नभएको करण पार्टी फुटेको तर विभाजन पछि पनि यूवाहरुले अवसर नपाएको तथा युवालाई नसमेटी पुरानो अनुहारहरुलाइनै प्राथमिकता दिदाँ यूवाहरुको आकर्षण राजनीतिमा नहुने तर्फ ध्यानदिन  समाजवादी प्रेस सङ्गठन नेपाल उपत्यका सचिव आशिष गुरागाँईले सुझाव दिएका थिए ।

उमेद्द्वारीका विषयमा थप छल फल गर्न आवासीय बैठक बस्ने  र त्यसबाट हल निकाल्ने सहमति सहित बैठक अन्त्य  भएको बैठक संयोजक तुलसी पनेरुले बताए । 

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य