19.1 C
Kathmandu
Friday, April 26, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा चार वर्षका लागि ढकाल

सम्बन्धित खबर

बुटवल । लुम्बिनी प्रदेश सरकारले सञ्चालन गर्ने तयारी गरेको लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा विनोद ढकाल नियुक्त भएका छन् । प्रदेश मन्त्रिपरिषद्को बैठकले ढकाललाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । गणित विषयका प्रोफेसर ढकाल रुपन्देहीको बुटवल उपमहानगरपालिका सेमलार निवासी हुन् ।

विश्वविद्यालय सञ्चालनका लागि ढकालको पहिलो नियुक्ति हो । विश्व विद्यालय सञ्चालनका लागि धेरै काम गर्न बाँकी रहेकाले कहिलेदेखि सञ्चालनमा आउँछ भन्न नसकिने नवनियुक्त उपकुलपति ढकालले बताए ।

सरकारले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमको अनुगमन अधिकृतमा ६ महिनाका लागि पत्रकार टक सुनारलाई नियुक्त गरेको छ । चुनावको मिति घोषणा हुनु केही घण्टाअघि भएको मन्त्रिपरिषद् बैठकले गरेका अन्य निर्णयहरू औपचारिकरुपमा सार्वजनिक भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष