काठमाण्डौमै उत्कृष्ट बन्यो इलिक्सर एकेडेमी,जिपिए : ४ ल्याउने दुई विद्यार्थीलाई एक-एक लाख पुरस्कार

Categories:

-

साउन,१९ काठमाडौँ । काठमाण्डौ महानगरपालिका वडा नं ७ कुमारीगालमा रहेको इलिक्सर एकेडेमी काठमाण्डौ जिल्लामा उत्कृष्ट विद्यालय बनेको छ। देश भरबाट ४२ र काठमाण्डौ जिल्लामा १० जना विद्यार्थीहरूले ४ जिपिए ल्याएको एसईइ परीक्षामा दुई जना जिपिए ४ सहित सम्पूर्ण विद्यार्थी ३.६ जिपिए सहित पास गराएको इलिक्सर एकेडेमी उत्कृष्ट विद्यालय बनेको हो।

इलिक्सर एकेडेमीले ४ जिपिए ल्याउन सफल २ जना विद्यार्थीलाई विद्यालयले प्रतिविद्यार्थी एक/एक लाखको पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । औसत जिपिए ३.८१ ल्याएर उत्कृष्ट बनेको इलिक्सर एकेडेमीका २०७८ सालको एसईई परीक्षामा सहभागी ४५ जना विद्यार्थीहरू मध्ये कृतिका सिवाकोटी र प्रतीक पौडेलले ४ जिपिए ल्याएका छन्।

नेपाललाई विश्वका विकसित मुलुकहरूको दाँजोमा पुर्याउन सक्ने २१औँ शताब्दी सुहाउँदो योग्य, सक्षम, इमान्दार एवम कर्तव्यनिष्ट नागरिक तयार गर्नु विद्यालयको प्रमुख उद्देश्य रहेको बताउँदै विद्यालयका प्रधानाध्यापक रविन दाहालले आउँदा वर्षहरूमा पनि विद्यार्थीहरूको मनोबल उच्च राख्न हामीले पुरस्कार घोषणा गरेको जानकारी दिएका छन्।

पुरस्कारले विद्यार्थीहरुमा मेहनत गरेपछि प्रतिफल प्राप्त हुन्छ भन्ने भावनाको विकास गराउँछ भन्ने मान्यता राखेको बताउँदै  प्रधानाध्यपक दाहालले  यस वर्ष काठमाडौँ जिल्लामा उत्कृष्ट विद्यालयका रुपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका शिक्षक ,अभिभावक र विद्यार्थीहरूलाई धन्यवाद दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य