न्यान्सी पेलोसीको ताइवान भ्रमणप्रति नेपालका पूर्व प्रधानमन्त्रीको आपत्ति

Categories:

-

साउन,१९ काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनालले अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण अमेरिकी हस्तक्षेप भएको बताएका छन् ।

सम्मानित नेता खनालले बुधबार एक विज्ञप्ति जारी गर्दै आफूहरू सदैव एक चीन नीतिमा दृढ रहने बताएका छन् । नेता खनालले अमेरिकी संसद्का सभामुख न्यान्सी पेलोसीले गरेको ताइवान भ्रमणप्रति आपत्ति जनाएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले ताइवान चीनको अभिन्न अंग भएकाले अमेरिकाले हस्तक्षेप गर्न नमिल्ने उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य