भ्रष्टाचारविरुद्ध एमालेले हस्ताक्षर अभियान चलाउने

Categories:

-

साउन,१९ काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले महंगी र भ्रष्टाचारविरुद्ध तीन दिने हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ । दैनिक उपभोग्य सामग्रीदेखि पेट्रोलियम पदार्थको मूल्यमा चर्को वृद्धि भएको भन्दै एमालेले त्यसविरुद्ध हस्ताक्षर अभियान गर्ने भएको हो ।

एमाले काठमाडौंको अगुवाइमा १३८ वटै शाखाको सक्रियतामा यहि साउन २०, २१ र २२ गते हस्ताक्षर अभियान थाल्ने एमालेले जनाएको छ । ‘अति बढ्यो महंगी र भ्रष्टाचार, जनताको हैन माफियाको सरकार’ भन्ने नारासहित सुरु हुने हस्ताक्षर अभियानमा भाग लिन आम नेपाली नागरिकहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य