गगनको संयोजकत्वमा समिति गठन

Categories:

-

३,साउन काठमाडाैं । कांग्रेस केन्द्रीय समितिले सदस्यता व्यवस्थापनका लागि महामन्त्री गगन थापाको संयोजकत्वमा समिति गठन गरेको छ । २७ असारदेखि बसेको केन्द्रीय समितिको बैठकले महामन्त्री थापासहितका नेतालाई महत्वपूर्ण जिम्मेवारी दिएको हो । याे समितिमा तीन केन्द्रीय सदस्य पनि सदस्य रहनेछन् ।

त्यस्तै आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा अनुशासन समिति र श्याम घिमिरेको नेतृत्वमा लेखा समिति पनि गठन गरेको छ । यस अघि पनि यी दुई समितिको नेतृत्व ढुंगाना र घिमिरेले नै गरेका थिए । विधानकाे धारा ४ काे उपधारा ९ मा याे समितिले गर्ने कामकाे व्याख्या गरेकाे छ ।

क्रियाशील सदस्यता व्यवस्थापन समिति विधान अनुसार महामन्त्रीकै नेतृत्वमा रहन्छ । सभापतिले महामन्त्रीमध्ये एकलाई यो जिम्मेवारी दिनेछन् । यस्तो जिम्मेवारी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामध्ये थापालाई दिइएको हो ।

यो समितिले देशभरका सदस्यको अभिलेख राख्ने, सम्बन्धित निकायलाई अभिलेख राख्न लगाउने, सदस्यता वितरण र नवीकरणको अनुगमन गर्ने र आवश्यक निर्देशन दिने कम काम गर्नेछ ।

त्यस्तै विद्युतीय माध्यमबाट सदस्यता वितरण गर्न तोकिए बमोजिम व्यवस्था मिलाउने, सदस्यता व्यवस्थान समितिले ६ महिनामा आफ्नो आवधिक प्रतिवेदन केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्ने, सदस्यता सम्बन्धमा मातहतका कुनै पनि निकायलाई सैद्धान्तिक सुझाव वा निर्देशन दिन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य