प्रचण्ड, माधव, बामदेवसहित नेकपाकालीन सचिवालयका बहुमत सदस्य छलफलमा

Categories:

-

३,साउन काठमाडाैं। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालीन सचिवालयका पाँच नेताहरू छलफलमा जुटेका छन् ।

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भइरहेको छलफलमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ बैठकमा सहभागी छन् ।

आगामी संघीय र प्रादेशिक चुनावको मिति घोषणाको तयारी हुँदै गर्दा नेताहरूको बाक्लिँदो भेटघाटलाई महत्त्वका साथ हेरिएको छ । यसअघि पनि यी नेताहरूले छलफल गरेका थिए ।

यसअघि आजै प्रचण्डले डा. बाबुराम भट्टराईसँग छलफल गरेका थिए । त्यसपछि सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा छलफल चलिरहेको हो ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य