बूढानीलकण्ठमा नेपाली कांग्रेसको बिसाल आमसभा हुने

Categories:

-

काठमाडौ । बूढानीलकण्ठ नगर कार्य समितिको आयोजनामा आज वैशाख २७ गते वडा नम्बर ८ स्थित टेनिस कोर्टमा नेपाली कांग्रेसको विसाल आमसभा आयोजना हुँदैछ ।

बूढानीलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसतर्फ बाट मेयर पदको उमेद्वारमा बुद्धिजीवी, साहित्य अनुरागी तथा समाजसेवी विनोद चालिसे उम्मेदवार बनेका छन् । त्यस्तै उपमेयरमा महिला नेत्री रमिला वाग्ले खड्काले उम्मेदवारी दिएका छन् ।

आज हुन लागेको आमसभामा नेपाली कांग्रेसका महामंत्री गगन कुमार थापा र पार्टिका प्रबक्ता डा. प्रकाश शरण महतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आमसभामा नगरबासिहरु सँग पार्टिका सम्पूर्ण उमेद्वारहरु का लागि “भोट अपिल” गर्ने कार्यक्रम रहने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य