काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी अहिले नयाँ शक्तिको रुपमा उदाउँदै छ । तर, यसको आकार अहिले नै यस्तो हुन्छ वा हुनेछ भनेर आंकलन वा निक्र्योल गर्न सक्ने आधार तय भईसकेको छैन ।
तथापी अहिले नेपाली राजनीतिक आकाश समाजवादीकै वरीपरी घुमेको भान जोकोहीलाई पर्न थालेको छ । नेकपा एमालेबाट छुटिट्एको छोटो समयमै एउटा स्थापित दलको रुपमा आफूलाई उभ्याउदै अग्रमोर्चामा उभिएको समाजवादी अहिले सबैको आँखाको तारो नै हुन पुगेको छ भन्दा फरक नपर्ला । विशेषतः एमालेकै लागि टाउको दुखाईको विषय बनेको अहिले छर्ल्ग देख्न सकिन्छ ।
अहिले हुन लागिरहेको स्थानीय तहको निर्वाचनमा एमालेलाई हराउनका लागि समाजवादी पार्टी एक्लै काँफी रहेको छ । त्यसैकारण पनि एमाले समाजवादीसँग डराएको भेउ पाउन सकिन्छ । उनीहरुको विभिन्न ठाउँमा हुने गरेको सभा सम्मेलनमा समाजवादीप्रति गरेको कटाक्षले ।
अहिले देशैभर समाजवादीले आफ्नो उम्मेदवारहरुलाई गठबन्धनबाटै भए पनि बिभिन्न पदमा उाठाएको छ । काठमाडौको बुढानिल्कण्ठ नगरपालिकामा समाजवादीको तर्फबाट बालकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
समाजवादीबाट उठाईएका मेयर पदका उम्मेदवार श्रेष्ठ स्थानीय तहमा निकै भिजेका ब्यक्तिका रुपमा परिचित रहेका छन् । पार्टीले जनताको प्यारो मान्छेलाई चुनावमा उठाएपछि जनस्तरमा समेत अहिले खुसीयाली छाएको छ । यस मानेमा समाजवादीले उम्मेदवार चयनमा देखाएको बुद्धिमानीलाई मान्नैपर्छ भन्ने एकाखालेको तर्क नै हुने गरेको छ । यस नगरको वडा नं ३, ५ र १२ समाजवादीको शक्तिशाली उपस्थिति रहेको छ । यी वडामध्ये एकदेखि दुइ वडाध्यक्ष जित्ने लगभग पक्कापक्की देखिन्छ ।
मेयर पदमा उम्मेदवार बनेका श्रेष्ठ बुढानिलकण्ठमा भिजन भएको नेताका रूपमा परिचित छन् । उनी विष्णुबुढानिलकण्ठ गाविसको अध्यक्ष हुँदा होस् वा बुढानिलकण्ठ ३ को वडाध्यक्ष हुँदा श्रेष्ठका कामहरू सृजनशील हुने गरेको त्याहाँका जनताहरुले बताउने गरेका छन् । श्रेष्ठको वडा नं ३ सँगै वडा नं १, २,४ र ५ मा राम्रो प्रभाव रहेको छ । त्यसका अलावा त्यस भेकमा कहिल्यै कसैले नदेखेकालाई एमालेले उम्मेदवार बनाएपछि श्रेष्ठलाई मेयर पद हत्याउन सजिलो हुने अवस्था देखिएको छ ।
अर्को भनेको एमालेभित्र मेयरको उम्मेदवार हुन चाहनेले पद नपाएपछि पार्टीसँग रुष्ट बनेकाहरुको साथ र सहयोग श्रेष्ठले पाउन सक्ने देखिएको जसन कुरा श्रेष्ठको लागि फाईदाजनक रहेको छ ।
त्यसो त बुढानिल्कण्ठमा एमालेले कमजोर उम्मेदवार दिएको चौतर्फी हल्ला छ । कपनलाइ मेयर दिनुपर्छ भन्ने नाममा राजन भट्टराइको इन्ट्रेस्टमा टिकट पाएका मिठाराम अधिकारीलाई कपनमा खोला मासेको तथा डुबान क्षेत्र बनाएको गम्भीर र पुष्टिजनक आरोप लागिरहेको छ । त्यस्तै अधिकारीको औपचारिक शिक्षाको विषय पनि चर्चा हुने गरेको विषय हो ।
साविक अत्याधिक बहुमतले जितेको एमालेलाइ यतिखेरै श्रेष्ठ नै टाउको दुखाइको विषय बन्ने देखिन्छ । एक त आफ्नो कमजोर उम्मेदवार अर्को तर्फ समाजवादीको सर्बाधिक लोकप्रिय उम्मेदवार । हेविवेट उम्मेदवारको चेपुवामा परेको एमालेलाई अहिले मेयरको पद हत्याउनुभनेको फलामको चिउरा चपाउनुसरह देखिन्छ ।
नेपाली काँग्रेसले शिक्षित, बौद्धिक युवा विनोद चालिसेलाई मेयरको उम्मेदवार बनाएको छ । चालिसेले जित्नको लागि समाजवादीले एमालेको भोट कति काटिन्छ भन्नेले निर्धारण हुने अवस्था छ । श्रेष्ठले जति धेरै मत लिन्छन् त्यति जीतको आधार तय हुने काँग्रेसको आन्तरिक विश्लेषणले देखाएको विषय हो । यद्यपि श्रेष्ठले काँग्रेसकै केही राम्रो मत काट्ने सम्भावनालाइ काँग्रेसले अनुमान गरेझैँ लाग्दैन ।
शिष्ट बोली र ब्यबहार तथा नम्र स्वभावका धनी श्रेष्ठ अन्य दलका उम्मेदवारभन्दा निकै बलिष्ठ देखिन्छ । त्यसो त अहिले बुढानिल्कण्ठमा भन्ने गरिएको छ बल उनकै हातमा छ । त्यसो त श्रेष्ठ अहिले एमालेको लागि डर र काँग्रेसका लागि भर भन्ने मूल नारा नै बन्ने गरेको छ ।


