8.1 C
Kathmandu

सिर्जनाले भनि्न्- पहिले न्याय नपाए गोर्खा जानुपर्थो, अब काठमाडौं महानगर जाने बनाउँछु

Categories:

-

काठमाडौ । नेपाली काँग्रेसबाट काठमाडौं महानगरपालिका मेयरमा सत्ता गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले माइती जिल्ला गोर्खाबाट राजनीति यात्रा सुरु गरेको बताएकी छिन् ।आज गोरखा काठमाडौं चुनाव प्रचार प्रसार समूहले आयोजना गरेको कार्यक्रममा उनले देशको एकीकरण गोर्खाले गरेको भन्दै अब काठमाडौंको मेयर बनेर गोर्खाको चेलीले काठमाडौं सफा सुन्दर र व्यवस्थित गर्ने बताएकि छिन्।

पहिले न्याय नपाए गोर्खा जानू भन्ने प्रचलन रहेको बताउँदै अब न्याय नपाए काठमाडौंको मेयरकोमा जाने वातावरण बनाउने समेत बताइन्। उनले भनिन् ‘पहिले राजनीतिबाट घर सम्हाल्न पुगेकी थिएँ । सबै सीपको प्रयोग गरेर अवसर पाए काठमाडौं सम्हाल्ने छु,’ सिंहले भनिन् ।

काठमाडौंलाई साना समस्याले गाँजेको उल्लेख गर्दै अब स्वच्छ र सफा काठमाडौं नै प्रमुख अभियान रहने सिंहले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य