spot_img
23.1 C
Kathmandu
Friday, June 13, 2025
spot_imgspot_imgspot_img

दुईमध्ये एक पदमा महिला अनिवार्य गर्न जरुरी छ : प्रचण्ड

-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहमा दुई पदमध्ये एकमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था जरुरी देखिएको बताएका छन् ।

स्थानीय पालिकाको उम्मेदवार बनाउँदा सत्ता गठबन्धनबाट महिलाको संख्या न्यून भएको प्रश्नमा उनले पार्टीले ३५ प्रतिशत महिला सहभागितको व्यवस्था गरेको भए पनि गठबन्धन गर्दा त्यसको हुन नसकेको स्वीकार गरेका छन्।

‘हाम्रो पार्टीमा महिलाको लागि जसरी ३५ प्रतिशतको व्यवस्था गरिएको छ, त्यही अनुसार निर्वाचनमा पनि सहभागिता गराउनको लागि ध्यान दिनुस् भनेर भनिएको छ,’ उनले भने, ‘हाम्रो पार्टीबाट महिलाको सहभागिताको विषयमा कुनै कञ्जुस्याइँ वा समस्या होइन । तर गठबन्धनमा भने त्यस्तो हुन नसकेको जस्तो देखियो ।’

निर्वाचन आयोगका अनुसार पालिका प्रमुख/अध्यक्षमा ६.७ प्रतिशत र उपप्रमुख/उपाध्यक्षमा ७३.२ प्रतिशत मात्रै महिलाको उम्मेदवारी परेको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img

भर्खरै

रंगशालारंग