काठमाडौँ । गठबन्धनमा रहेका दलको संयुक्त चुनाबी सभा चितवनको भरतपुरमा बिहिबार हुने भएको छ । २२ गते हुने उक्त आमसभामा गठबन्धनमा रहेका दलका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
आमसभामा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतले सम्बोधन गर्ने तयारी छ।
भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल र उपमेयरमा नेपाली कांग्रेसबाछ चित्रसेन अधिकारी उम्मेदवार रहेका छन् ।
आमसभामा कांग्रेस नेतासमेत रहेका सत्तागठबन्धनका चुनावी तयारी तथा अनुगमन समिति संयोजक रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र नेता शेखर कोइरालालाई पनि चुनावी सभामा सम्बोधन गर्न बोलाईएको छ।


