spot_img
13.1 C
Kathmandu
Thursday, January 23, 2025
spot_imgspot_imgspot_imgspot_img

विद्रोही उम्मेदवार फिर्ता नलिए प्रस्तावक र समर्थकलाई कारबाही हुन्छःनेपाली कांग्रेस

spot_img

-

काठमाडौं। नेपाली कांग्रेसले पार्टीका उम्मेदवारका विरूद्ध विद्रोही उम्मेदवारी दर्ता गरेकालाई फिर्ता गर्न निर्देशन दिएको छ। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै ५ बजेसम्म उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन निर्देशन दिएका हुन्।

विज्ञप्तिमा तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने उल्लेख छ।

‘२०७९ बैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे÷गराएको भए, निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय (आज वैशाख १६ गते शुक्रबार विहान १० (दश) बजेदेखि ५ (पाँच) बजेसम्म) उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्नु हुन निर्देशानुसार अनुरोध गरिन्छ।

’विज्ञप्तिमा भनिएको छ,‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने व्यहोरा जानकारी गराईन्छ।’

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग