22.1 C
Kathmandu
Saturday, September 21, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

गठबन्धनको चुनावी तयारी समितिको बैठक : गयो बागीलाई बालुवाटारबाट फोन

spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

सम्बन्धित खबर

सत्ता गठबन्धनको स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समितिले बागी उम्मेदवार र केन्द्रीय नीति विपरीत भएको तालमेलबारे सोधिखोजी गरेको छ ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा आज बिहीबार दिउँसो बसेको समितिको बैठकले गठबन्धन भित्रबाट परेको बागी उम्मेदवारी फिर्ताबारे छलफल गरेको हो । यस्तै स्थानीय तह निर्वाचनमा गठबन्धन बाहेका दलसँग भएको तालमेल खारेजीबारे पनि समिति बैठकले चासो राखेको थियो ।

समितिका सदस्य सचिव केशव जोशीका अनुसार बैठकले केन्द्रबाट तालमेलका निर्णय भएका ६ महानगर र ११ उपमहानगरपालिकामा परेका बागी उम्मेदवारी फिर्ताको प्रयास गरेको हो ।

यस्तैगरि गठबन्धनको प्रदेश र जिल्ला संयन्त्रबाट भएको तालमेलविरुद्ध परेको उम्मेदवारीबारे पनि समितिले सोधिखोजी गरेको उनले बताए । आपसी समझदारी निर्माण गरी बागी भोलिसम्म बागी उम्मेदवारी फिर्ता गराउन समिति लागि परेको जोशीको भनाइ छ ।

काँग्रेस महामन्त्री तथा समितिका सदस्य गगन थापाका अनुसार बैठककै क्रममा गठबन्धन बाहेकका तालमेल तोड्न र बागी उम्मेदवारी फर्ता लिन बालुवाटारबाटै फोनमार्फत आग्रह गरिएको थियो । समिति संयोजक रामचन्द्र पौडेलले गठबन्धन बाहिर भएको तालमेल खारेज भए नभएको सोधिखोजी गरेका थिए ।

काँग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबाट समितिमा प्रतिनिधित्व गर्ने नेताहरुले आ आफ्नो पार्टीबाट बागी उम्मेदवारी र चुनावी तालमेलबारे रिपोर्ट राखेका थिए । त्यसपछि नेताहरुले बालुवाटारबाटै फोन गरेर बागीलाई उम्मेदवारी फिर्ता लिन र गठबन्धन बाहिरको तालमेल खारेज गर्न निर्देशन दिएको महामन्त्री थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष