spot_img
23.1 C
Kathmandu

विप्लवले पार्टीबाट बर्खास्त गरे धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश ओलीलाई

spot_imgspot_imgspot_imgspot_img

-

काठमाडौ। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले नेताहरू हेमन्तप्रकाश ओली (सुदर्शन) र धर्मेन्द्र बाँस्तोला (कञ्चन)लाई बर्खास्त गरेको छ। बुधबार पार्टी महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै दुबैलाई पार्टीको जिम्मेवारीबाट पदमुक्त गरेको बताएका छन्।

सचिवालय सदस्यसमेत रहेका उनीहरूले बैठकका निर्णय र नेतृत्वविरूद्ध काम गरेको आरोप छ। ‘बैठकका निर्णय र नेतृत्वकाविरूद्ध पार्टी बाहिरका सञ्चारमाध्यमहरूमा छाडा एवं अराजक तरिकाले अन्तर्वार्ता दिने, कार्यकर्तामाझ नांगो गुटबन्दी गर्ने र पार्टीका सबै मूल्यमान्यता भत्काउने कार्य गर्नुभयो,’ विज्ञप्तिमा उल्लेख छ।

दुई पटक बैठक बसेर पार्टीले पारित गरेका निर्णयहरूको रक्षा गर्ने, आफ्ना कुनै विमति भए पार्टीभित्रै कमिटीमा राख्ने निर्णय गरिए पनि बाहिर उनीहरूले फुटपरस्त र अराजक अन्तवार्ता दिएको आरोप छ।

विप्लव नेतृत्वको नेकपामा स्थानीय चुनावमा सहभागी हुने/नहुनेबारे विवाद थियो। चैत पहिलो साता बसेको केन्द्रीय कमिटी बैठकले यसबारे निर्णय गर्न सकेको थिएन। विप्लवसहित केही नेताहरू चुनावमा सहभागी हुनुपर्छ भन्नेमा थिए भने धर्मेन्द्र र हेमन्तप्रकाशलगायत नेताले चुनावमा भाग लिन नहुने धारणा राखेका थिए।

पार्टीले औपचारिक निर्णय गर्न नसकेपछि विप्लवका नेता/ कार्यकर्ताले रोल्पा, दाङ लगायत जिल्लामा स्थानीय चुनावका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए। सचिवालय सदस्य धर्मेन्द्रले त्यसरी उम्मेदवारी दिएकाहरूलाई कारबाही गर्ने भन्दै विज्ञप्ति निकालेका थिए।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -
spot_imgspot_imgspot_imgspot_img
spot_img

भर्खरै

रंगशालारंग