23.1 C
Kathmandu
Wednesday, April 24, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

एकिकृत समाजवादीले खाता खोल्यो, २ गाउँपालिका अध्यक्ष र एक उपाध्यक्ष निर्विरोध निर्वाचित

सम्बन्धित खबर

काठमाडौंं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मनोनयनकै दिन नेकपा(एकिकृत समाजवादी)ले खाता खोलेको छ ।

समाजवादीका तर्फबाट उम्मेदवारी दिएका दुई गाउँपालिका अध्यक्ष र एक गाउँपालिका उपाध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् ।

समाजवादीका उप महासचिव प्रकाश ज्वालाले दिएको जानकारी अनुसार काइके गाउँपालिका अध्यक्ष अङ्गत राना, छार्का ताम्सोङ गाउपालिका अध्यक्ष सेनाङ गुरुङ निर्विरोध भएका हुन् । त्यस्तैगरि , डोल्पो बुद्ध गाउपालिका उपाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तैगरि , एकिकृत समाजवादीका तर्फबाट उम्मेदवार बनेका ६ जना वडा अध्यक्षहरु पनि निर्विरोध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष