Monday, September 25, 2023
20.5 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img

काठमाडौं महानगरको मेयरमा केशव स्थापित गराए उम्मेदवारी दर्ता

भर्खरै

काठमाडौं । काठमाडौं महानगरको मेयरमा उम्मेदवारी घोषणा गएमालेका तर्फबाट केशव स्थापित र सुनिता डंगोलले सभागृह पुगेर उम्मेदवारी दर्ता गरेका छन् ।

एमालेका नेता कार्यकर्तासहित सभागृह पुगेका स्थापित झाँकी र बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगेका हुन् । ठुलो संख्यामा कार्यकर्तासहित उम्मेदवारहरू उम्मेदवारी दर्ता गर्न जाँदा प्रहरीलाई व्यवस्थापन गर्न कठिन भएको छ ।

स्थापित काठमाडौं महानगरपालिकाका पूर्व मेयर समेत हुन् ।

स्थापित २०५४ सालको स्थानीय निर्वाचनमा काठमाडौंको मेयरमा निर्वाचित भएका थिए । अघिल्लोपटक पनि मेयरको उम्मेदवार बन्न प्रयास गरेका स्थापितलाई अन्तिम समयमा विद्यासुन्दर शाक्यले पछि पारेका थिए ।

त्यसैगरी उपमेयरकी उम्मेदवार डंगोल सन् २०११ की मिस नेवा हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष