spot_img
22.1 C
Kathmandu
Friday, March 28, 2025
spot_imgspot_imgspot_img

एमालेले टुंग्यायो विराटनगर महानगर प्रमुख र उपप्रमुखका उम्मेदवार

spot_imgspot_imgspot_imgspot_img

-

काठमाडौँ ।  व्यापक रसा कस्सि बीच प्रदेस देश १ को राजधानी भएको विराटनगर महानगरपालिकाको प्रमुख पदमा नेकपा एमालेले सागर थापालाई उम्मेदवार बनाउने भएको छ । संघीय सांसद घनश्याम खतिवडाले पार्टीको तर्फबाट थापा उम्मेदवार बन्ने टुङ्गो लागेको बताए ।

थापा एमाले विराटनगर महानगरपालिका कमिटीका अध्यक्ष हुन् । मोरङ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापतिसमेत भइसकेका छन् । विद्यार्थी राजनीतिबाट आएका उनी करिब तीन दशकयता पार्टी राजनीतिमा क्रियाशील छन् ।

विराटनगर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बन्न पटक पटक संघीय मन्त्री भइसकेका नेता लालबाबु पण्डितको पनि चाहना थियो । अन्य नेताहरू गुरु बराल, जीवन घिमिरे, पर्शुराम बस्नेतलगायत पनि महानगरपालिकाको प्रमुख पदका आकांक्षी थिए । तर, अन्तिममा थापाले उम्मेदवार हुने अवसर पाए ।

सुनसरीको इटहरी उपमहानगरपालिकाको प्रमुख पदको उम्मेदवार भने यम सुब्बा हुने भएका छन् । पुख्र्यौली घर ताप्लेजुङ भएका उनी पनि लामो समयदेखि इटहरी रहेर एमाले राजनीतिमा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग