31.1 C
Kathmandu
Saturday, June 15, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

केशव स्थापितले दिए राजीनामा

मा प्रकाशित

काठमाडौं । बागमती प्रदेशसभा सदस्य केशव स्थापितले आफ्नो पदबाट राजीनामा दिएका छन् । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार भएपछि उनले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

उनले आज बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष लिखित राजीनामा दिएको जानकारी दिए ।

यसअघि वागमती प्रदेशसभा सदस्य विजय सुवेदीले भरतपुर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिनका लागि प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका थिए ।

उनीहरू दुवै नेकपा एमालेबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

सम्बन्धित समाचार