22.1 C
Kathmandu
Saturday, September 21, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

कैलालीमा गठबन्धनका ३ दलबीच भागबन्डा, कसले कति पाए?

spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

सम्बन्धित खबर

कैलाली । आगामी वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा कैलालीमा तीन दल तालमेल गर्ने सहमति भएको छ। शनिबार भएको छलफलमा जिल्लाका १३ स्थानीय तहमध्ये ७ मा कांग्रेसले प्रमुखकाे भाग पाउने भएको हाे।

नेकपा माओेवादी केन्द्रले ४ र नेकपा एकीकृत समाजवादी पार्टीले २ स्थानीय तहमा प्रमुख पाउने स्रोतले जनाएको छ।कांग्रेसले प्रमुख पाउनेमा धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, गोदावरी नगरपालिका र बर्दगोरिया गाउँपालिका छन्।

यस्तै, जोशीपुर र जानकी गाउँपालिका प्रमुख पनि नेपाली कांग्रेसले पाउने भएको छ।

माओेवादी केन्द्रले जिल्लामा गौरीगंगा नगरपालिका, भजनी नगरपालिका, कैलारी गाउँपालिका र मोहन्याल गाउँपालिकामा प्रमुख पाउने भएको छ। नेकपा एकीकृत समाजवादी पार्टीले घोडाघोडी नगरपालिका र चुरे गाउँपालिकामा प्रमुख पाउने सहमति भएको स्राेतले जनाएको छ।

तर,एकीकृत समाजवादीले उम्मेदवारी भागबन्डा नमिलेको भन्दै असन्तुष्टि जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष