काठमाडौँ ।नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटि गठन देखिनै सुरुभएको आन्तरिक विवाद थप गहिरिँदै गएको देखिएको छ।
हिजो (९ गते शुक्रवार ) नेकपा एमाले काठमाडौँ जिल्ला कमिटिको आवहनामा काठमाडौँका अधिकाम्स नगरपालिकामा एकै समयमा नगर घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम राखिएपनि नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटिको आन्तरिक विवाद सार्वजनिक कार्यक्रममा छताछुल्ल भएपछी घोषणा पत्र सार्वजनिक गर्न नसकेको हो ।
विवाद किन ?
गत कार्तिकमा भएको नगर कमिटि गठनमा ओली पक्षले एकलौटी ढंगले जनवादी केन्द्रीयताको नाममा लादेको निर्णयका कारण एमाले बुढानीलकण्ठमा विवादको बिजारोपण सुरुभएको थियो ।
धेरै मतदाता भएको आधारमा नगरका वडा १०,११,१२ र १३ मध्ये एउटाले अध्यक्ष पाउनु पर्ने, यूवाहरुलाई प्राथमिकताका साथ जिम्मेदारी दिनुपर्ने माग त्यतिबेला उठेको थियो, तर त्यसका बाबजुत २०७४ को निर्वाचनमा नगरको वडा नम्बर ६ को वडा अध्यक्ष पदमामा लज्जास्पद पराजय भोगेका प्रदिप डंगोललाई विभिन्नखाले शक्तिकेन्द्रको आडमा एमाले बुढानिलकण्ठ नगर कमिटिले अध्यक्ष बनाएको थियो ।
त्यसपछि पार्टीका इमान्दार कार्यकर्ताहरुलाई विभिन्न आरोप प्रत्यारोप लगाउदै कार्वाही समेत गरियो । नव आकांक्षीाहरुको उमेद्वारी छेकेर रातको करिब ११ बजे उपाध्यक्षमा शम्भु भट्टराई सचिवमा श्रीकृष्ण श्रेष्ठ तथा सरिता गुरुङ र दोर्जे लामा उप सचिव बने ।
त्यस लगतै एमाले बुढानिलकण्ठमा भविष्य भएको युवाका कोटीमा पर्ने सुमित खरेलले आफ्नो सामाजिक सन्जालमा लेखे, “सरकारी बेतनधारी शिक्षकलाई नेता मानेर कमिटिमा बस्न सकिँदैन । नितिगत कारण र राजनैतिक कारणले सरकारी तलब खाएर पार्टीको सेवा गर्ने र गराउनेप्रति गम्भीर असहमति छ ।“ खरेलले भनेका वेतनधारी शिक्षक थिए दोर्जे लामा ।
आज उनै सुमित खरेल नेकपा एमाले परित्याग गरेर नगर प्रमुख पदमा स्वतन्त्र उमेद्वारका रुपमा खडा भएर विभिन्न चुनावी सभा समेत गरिरहेका छन ।
गत२०७८,कार्तिक ११ देखि नेकपा एमाले पार्टी छोड्ने र जिम्मेदारी पाएकाहरु पनि निष्कृय बस्ने क्रमसँगै पार्टी संगठन ओरालो लाग्ने क्रम जारी छ । यही मौकामा हालै गठन भएको नेकपा समाजवादीले बिरक्तिएका कार्यकर्ता समेट्ने काम गरेको अवस्था छ ।
त्यतिबेला संगठन जिम्मेदारी दावी गर्नेलाई फिर्तागर्न, खल्ती खल्तीबाट बाँडिएको जनप्रतिनिधिको आस्वासनले अहिले देखिएको विवादलाई निकै मलजल पुगेको छ ।
त्यससँगै जिम्मेदारी लिग्ने समयमा पार्टीकालागि संसार गरे भनेर दिउदै रात पार्ने, जिम्मेवारी पाउदा पार्टी गए भाँडमा भन्दै समग्र नगरको चुनाव हाक्नु पर्ने उपाध्यक्ष शम्भु भट्टराई आफैलाइ पार्टीले टिकेट दियो भन्दै जिल्ला कमिटिले गर्दै नगरेको निर्णयलार्इ पार्टी कार्यकता र मतदाताबीच प्रचारप्रसारमा हिडेपछि नगरका काम प्रभावित बनेको कुरा नगर कमिटीका एक सदस्यले नाम उल्लेख नगर्ने शर्तमा बताए ।
यद्दपि, नगर कमिटी सचिव एवं बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष श्रीकृष्ण श्रेष्ठले आफुले आसन्न स्थानीय चुनावमा उमेद्वारी नदिने र चुनाव हाक्ने बताएका छन । तर, जनाधार गुमाएका विवादित अध्यक्ष, पद लोभी उपाध्यक्ष, सरकारी वेतनधारी उप सचिव उपमेयरको दावेदारी गर्दै शक्ति केन्द्र धाउन व्यस्त महिला सचिवका कारण श्रीकृष्ण श्रेष्ठको एकल प्रयास विवाद साम्य पार्न असमर्थ रहेको छ ।
आशङ्का
नगर कमिटीमा पुरानाहरुले गुट देखाउदै होल्ड गरेजस्तै गरी २०७४ मा गरिएको नगर प्रतिबद्धता पत्र बमोजिम १७ प्रतिशत पनि काम नगरेका जनप्रतिनिधिहरुलाई नै पार्टीले पुन टिकेट दिने भएपछि पार्टीको आन्तरिक र वाह्य नेतृत्व बिकासको चक्रीय प्रणाली अबरुद्ध हुने लगभग पक्कापक्की जस्तै छ ।
गत निर्वाचनमा आफुले वडा छोड्ने भन्दै उमेद्वारी फिर्ता गराएका वडा अध्यक्ष सदस्य तथा नगर प्रमुख, उपप्रमुखका आकांक्षीहरुमा नैराश्यताको सिर्जना हुने र उनिहरुले खुल्लमखुल्ला बिद्रोह गर्ने या पार्टी भित्र बसेर उमेद्वारलाई हराउने सम्भावना बढ्दै गएको छ ।
यस्तो वडामध्ये मेयर खरेलकै वडा नम्बर २ पर्दछ । जहाँ उनले उत्तरअधिकारी नै बनाएका वडा अध्यक्ष राजेन्द्र खड्काले वडा सदस्य राजेन्द्र श्रेष्ठलाइ यसपाली चुनाको लागि वडा अध्यक्ष पदमा तयार पारेका थिए । तर, अहिले उनै खड्का वडा अध्यक्ष विशेष परिस्थिति भएको भन्दै छोड्न नसकिने भन्दै विभिन्न खाले बहानाबाजी र तिकडम गरेका कारण श्रेष्ठ बिच्किएका छन् । वास्तवमा भन्न्ो हो भने उनीजत्तिको प्रभावशाली उमेद्द्ववार अरु देखिएका छैनन् ।
यस्तै समस्याबाट गुर्जिएको अर्को वडा हो वडा नम्बर ८ । यहाँ पनि वर्तमान अध्यक्ष सुमन तामांगले अर्को पटक तिमीलाई पक्का भनेर रबि थापालाई विभिन्न आश्वासन बाँडेका थिए । तर पछिल्लो समय उनले पनि त्यही पारा देखाउँदै पहिला बोलेका कुरा धोती लगाइदिएका छन् । जसका कारण अर्का चर्चित व्यक्ति रवी थापा जस्ले नगरका १० वटा पार्क निर्माणको बजेट ल्याउन महत्वपूर्ण भूमिका खेलेकाथिए उनि निकै आक्रोशित भएका छन् ।
माथि उल्लेख गरिएका वडा केहि प्रतिनिधि पात्र वडा हुन् । फकाउदा दिने जस्तो गरी फकाउने, तर छोड्ने बेलामा सबै वाचा भुलेर मैमत्ता बनिरहेका जनप्रतिनिधिहरु पछिल्लो समय बोलबोल माछा मुखभरी पानीको उखान चरितार्थ गरेर बसिरहेको अवस्था छ । भने अर्कोतिर राम्रा उमेद्वार चाहियो भन्दै दिनहँजसो जिल्ला कमिटीको कार्यालयमा डेलिगेसन जानेहरुको लामो लर्को पनि हेर्नलायक छ ।
यो सबै अवस्थालाई सरसर्ती विश्लेषण गर्दा १३ वटामध्ये ११ वटा वडामा विजय हासिल गरेको एमाले यस्तै अवस्थाबाट गुज्रिएर अघि बढ्ने हो भने विगतको विरासत कायम हुन निकै कठिन हुने बामविश्लेषकहरुको विश्लेषण रहेको छ ।